केन्जो खबर, पाँचथर । जिल्ला ट्राफिक कार्यलय पाँचथरले आर्थिक बर्ष २०७८र७९ मा रु १९ लाख ५ हजार ५ सय राजस्व संकलन गरेको छ । कार्यलयले अघिल्लो बर्ष १८ लाख ६४ हजार संकलन गरेको थियो । अघिल्लो बर्षको तुलनामा २ दशमलव २५ प्रतिशतले बढी राजस्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यलयका प्रमुख प्रहरी नायव निरिक्षक दिपक दुलालका अनुसार यो बर्ष ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २ सय ७ सवारी साधन रहेका छन् । जस मध्धे ट्रक २ सय ६५ लाई कार्वाही गर्दा रु १ लाख ६६ हजार, १० वटा बसबाट रु ७ हजार ५ सय, ९ सय ७६ जिप तथा कारलाई कार्वाही गर्दा रु ५ लाख ४५ हजार ५ सय, २ सय ६९ ट्याक्टरलाई कार्वाही गर्दा १ लाख ५६ हजार ५ सय, १ हजार ५ सय १३ मोटर साइकलबाट रु ९ लाख ३३ हजार र अन्य १ सय ७४ गतिविधिबाट रु ९६ हजार राजस्व संकलन गरेको हो ।
अघिल्लो बर्ष ३ हजार १ सय ७० लाई कार्वाही गरेको थियो । ट्राफिक कार्यलय पाँचथरको तथ्यांक अनुसार यो आर्थिक बर्ष २०७८र७९ मा ३८ सवारी दुर्घटना भएको थियो ।
१ वटा बस, ४ वटा ट्रक, कारजिप गरि १२, ट्याक्टर ८ र मोटरसाइकल १३ वटाको दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि १३ जनाए ज्यान गुमाएका छन् जुन अघिल्लो बर्षको तुलनामा कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय पाँचथरका प्रमुख दिपक दुलालले केन्जो खबरलाई बताएका छन् ।