सरला रेग्मी,
पाँचथर । संकटापन्न बन्यजन्तुको रुपमा रहेको रेडपाण्डाको यो अवधि मातृत्व अवधि हो । पुस देखि फागुन सम्ममा रेडपाण्डाले गर्भधारण गर्छ भने जेठ देखि भदौसम्म बच्चा हुर्काउने काम गर्छन् । अर्थात यो अवधिलाई गर्भधारण पछिको बच्चा हुर्काउने अवधी मानिन्छ । रेडपाण्डाको गर्भास्था १ सय ३५ दिनको हुन्छ । भने एउटा पोथी रेडपाण्डा १ बर्ष देखि साढे १ बर्षको हुँदा प्रजननका लागि योग्य हुन्छ । पुस देखि भदौ सम्म रेडपाण्डाको लागि अत्यन्तै नाजुक समय हो ।
‘दूध चुसाएरै हुर्काउने भएकाले यो तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा हुर्किने जानकारहरु बताउछन् । विशेषगरि बच्चा हुर्काउने समय जेठ देखी भदौ सम्म रेडपाण्डा पाइने वन क्षेत्रमा मानविय गतिबिधी कम गर्ने गरिन्छ । स्वभावको रुपमा रेडपाण्डा लजालु भएका कारण र यसले आफ्नो बच्चा रुखको टोक्रोमा जन्माउने र हुर्काउने हुँदा अत्यन्तै संबेदनसिल मानिन्छ ।
समुन्द्र सतह देखि २ हजार २ सय मिटर भन्दा माथी ४ हजार ८ सय मिटर सम्म पाण्डा पाइने रेड पाण्डालाई हाब्रेपनी भनिन्छ । मालीङ्गाको टुसा, टेङ्ग्राको दाना, भालुचिण्डे र निगालो भएको शितोष्ण र चौडापात पाइने वनमा रेडपाण्डा पाइने हुँदा यस्ता वन क्षेत्रमा जेठदेखि असोजसम्म आवातजावत नगर्ने गरेको रेडपाण्डा संरक्षण कार्यान्वयन गर्ने दिपज्योती युवा कल्वका फिल्ड कर्मचारी जीवन राईले बताए ।
पुर्वी पहाड पाँचथर र इलाम बाट रेडपाण्डाको संरक्षण कार्य शुरु भएको हो । अहिले पाँचथर- इलाम – ताप्लेजुङलाई पिआईटी करिडोर बनाएर समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम संचालित छन् । रेडपाण्डाको संरक्षणका लागि विभिन्न कामहरु भैरहेको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सोनामटासी लामाले बताएका छन् । उनले भने ‘स्थानिय बासीलाई वन प्रतिको निर्भरता घटाउदै आयाआर्जनको बिकल्पहरु खोज्ने, बिद्यालय स्तरबाट नै सचेतना जगाउने, रेडपाण्डा सम्बन्धी अनुसन्धान गर्ने काम भैरहेको छ’ ।
लामाका अनुसार – रेडपाण्डा नेटवर्कले स्थानिय संस्थासँग मिलेर कार्यक्रम संचालन गरिरहेको छ । पाँचथर, इलाम र ताप्लेजुङमा १३ स्थानिय तहमा संरक्षण कार्यक्रम संचालित छन् । भने प्रदेश १ मा थप तीन जिल्ला संखुवासभा, भोजपुर र खोटाङ्मा असोज अगाडि नै यो कार्यक्रम संचालनमा ल्याउन लागेको लामाले बताएका छन् । २००७ देखि नै रेडपाण्डाको संरक्षणका लागि काम भैरहेको बताइएको छ ।
आफुलाई असुबिधा महसुस भए ठाउँ सारी गर्ने यो जन्तु । खानेकुरा खोज्न गुँडबाहिर निस्कन्छ । होहल्ला, गाडिको हर्न, ठूलो आवाजले कराए रुखबाट खसेर मर्ने सम्भावना हुन्छ । फिल्ड कर्माचारी जीवन राइका अनुसार पाँचथर र इलाममा खसेर मर्ने संख्या निकै न्यून देखिएको छ । तर लाङ्टाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपाण्डाको मृत्यु बच्चा अवस्थामै हुने गर्छ ।
रेडपाण्डा नेटवर्ककै पहलमा पाँचथर, इलाम र ताप्लेजुङमा रेडपाण्डा पाइने क्षेत्रका बिद्यालयमा कक्षा ६ र ७ मा ुसंरक्षण शिक्षा कार्यक्रमु संचालित छ । जिल्ला स्थित साझेदारसंस्थासँग मिलेर यी कामहरु भएका छन् । स्थानिय पाठ्य पुस्तक बनाएर पाँचथरका १० इलामका ८ र ताप्लेजुङका ५ बिद्यालयमा संरक्षण शिक्षा कार्यक्रम संचालनमा रहेको रेडपाण्डा संरक्षणका लागि काम गर्ने संस्था दिप ज्योती युवा क्लव पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताएका छन् । उनले भने ‘पाठ्यसामग्रीमै रेडपाण्डा सम्बन्धि आवस्यक जानकारी समाबेश भएको हुँदा कुन समयमा रेडपाण्डा पाइने वन क्षेत्र जान हुने र जान नहुने भन्ने थाहापाएर होला यो समयमा मानवीय आवातजावत कम हुने गर्छ ।
हेर्नलाई सुन्दर देखिने यो जन्तु हेर्न बिदेशी समेत आउने हुँदा आर्थिक आम्दानी पनि बढ्ने देखिन्छ । अहिले पाँचथर र इलाममा २० देखि ३० वटा रेडपाण्डा रहेका छन् भने विभिन्न समयमा गरिएको सर्वेक्षणअनुसार मुलुकभर ३ सय रेडपाण्डा हुन सक्ने अनुमान रहेको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सोनामटासी लामाले बताएका छन् । रेडपाण्डा संरक्षण कार्यक्रम प्रदेश १ बाहेक पश्चिम नेपालका ७ जिल्ला कालिकोट, जुम्ला, डोल्पा रोल्पा, जाजरकोट, रुकुम्ब्पुर्व र रुकुम पश्चिममा समेत यो कार्यक्रम लागू गरिएको छ । नेपाल सरकारले रेडपाण्डा संरक्षणका लागि पञ्चेबर्षे कार्ययोजना बनाएर कार्यान्वयन गरेको छ । भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले पनि काम गरिरहेका छन् ।