फिदिम । पाँचथर उद्योग बाणिज्य संघले आफ्नो अगुवाईमा संकलन भएको सहयोग रकमले कोभिड १९ अर्थात कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरि कोभिड अस्पताल पाँचथरलाइ हस्तान्तरण गरेको छ । पाँचथर उद्योग बाणिज्य संघ पाँचथरले केहि दिन अगाडी सामाजिक सञ्जाल मार्फत सहयोग अपिल गरि रकम संकलन गर्ने कार्य सुरु गरेको थियो ।
उक्त अभियानबाट ५७ लाख २८ हजारका ७ सय १० रुपैया ५८ पैसा संकलन भएको संघले जानकारी दिएको छ । पाँचथर उद्योग बाणिज्य संघले हस्तान्तरण गरेका सामग्रीमा १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्स्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर, पाँचथान मल्टि पारामिटर प्यासेंट डिस्प्ले र एकसय थान अक्सिमिटर छन ।
उक्त सामग्रीहरु संघका अध्यक्ष दिपक नेपालले अस्पतालका प्रमूख डाक्टर वुद्धीवहादुर थापालाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएका सामग्री ५५ लाख ६० हजारमुल्य वरावरको रहेको संघले जानकारी दिएको छ ।
कोरोना महामारी समुदाय स्तरमै फैलिए पछि स्वास्थ्य उपचारको अभावमा पाँचथरका कुनै नागरिकको मृत्यु हुन नपरोस भनेर यो अभियान संचालन गरिएको संघका अध्यक्ष दिपक नेपालले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँचथर उद्योग बाणिज्य संघले पाचथरको नागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि संचालन गरेको अभियानमा साथ दिने सबैलाई संघको तर्फबाट धन्यबाद दिए जिसस प्रमुख विष्णुप्रसाद सापकोटाले पाँचथर उद्योग बाणिज्य संघले अभिभाबकिय भुमिका निवार्ह गरेकोमा संघलाई धन्यबाद दिए । प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले पाँचथर उद्योग बाणिज्य संघको यो अभियान देशको नमुना अभियान भएकाले देशका अरु ठाउमा पनि यस्ता अभियान सञ्चानल हुन पर्ने र सरकारलाई नागरीक समाजहरुले यसरि महामारीको बेला सहयोग गर्नु पर्ने बताए ।
पाँचथर उद्योग बाणिज्य संघले पहिलो चरण अन्तरगर्त यस अघि पनि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको थियो ।स्वास्थ्य सामग्रीहरु हस्तान्तरण कार्यक्रकाे सञ्चालन संघका महासचिव नवराज घिमिरे गरेका थिए,अध्यक्षता अध्यक्ष दिपक नेपालले र धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले गर्नुभएकाे थियाे ।