बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १४ दुवागढीमा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् ।
खातुनले घरबाटै लागू औषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले आइतबार राति सवा १० बजे उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । लागूऔषध गाँजासहित पक्राउ परेकी खातुनको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।