भवानी तावा
पाँचथर– पूर्वको चर्चित पर्यटकिय गन्तव्य तिम्बु पोखरी जाने सिजन सुरु भएको छ । विगतमा भदौँ–असोजमामात्र घुम्न जानेहरु पछिल्लो बर्ष असारदेखि मंसिरसम्म हुदैँ बाह्रै महिना गोठ पालको सहयोगमा तिम्बु पोखरी पुग्न थालिएको छ । यो पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । च्याङ्थापु, फलैचा हुदैँ जान सकिन्छ ।
तिम्बु पोखरी प्राकृतिक अति सुन्दर रहेको छ । यतिबेला केन्जो, माईकोपिला, विख्मा लगायतका फूलका कारण यो क्षेत्र हेरीरहुँ भएको छ ।
हिमाली क्षेत्रका अनेकन सौन्दर्यतामा रमाउँदै तिम्बु पोखरी पुग्न सकिन्छ । ४ हजार ३ सय २० मीटर उचाईमा रहेको यो पोखरीमा घुम्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ ।
यहाँ पर्यटकलाई बस्नका लागि होमस्टे र गोठस्टेको व्यवस्था छ । पर्यटकलाई स्वागत गर्न आतुर रहेको स्थानीय गोठ सञ्चालक भीम भण्डारी बताउँछन् ।
तिम्बु पोखरीका आसपासमा अनेकन पोखरी छन् । जैविक विविधताको धनि यो क्षेत्र जता हेरौँ त्यतै घुम्न मन लाग्छ । यो क्षेत्रमा याक, चौरी, भेडा गोठ भेटिन्छन् । चौरीको घ्यू, छुर्पि र दुधको स्वादमा रमाउन सकिनेछ ।
डाफेँ, चिल्मे लगायका चराचुरीङको बास यो क्षेत्रमा रहेको छ । यहाँ हिमाली क्षेत्रमा गोठमा बस्नेको जनजीवनसँग परिचित हुने अवसर मिल्छ ।
सबै तस्विर ः भवानी तावा