मोरङ। पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको गिरीजा प्रसाद कोईराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (जिपिसिएआर) र कलेज अफ ईन्भाईरोमेन्ट एण्ड फरेष्ट्री (पुसेफ) गोठगाउँ मोरंगका विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
प्रयोगात्मक विषयमा मात्र फेल भएर पुनः प्रयोगात्मक दिदाँ पनि नतिजा अधुरो नै आएपछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन । परिक्षा नियन्त्रण शाखाले भने प्रयोगात्मक विषयमा मात्र फेल भए पनि लिखितमा पास भए पनि सोही विषयमा पुनः दोहोराएर परिक्षा दिनुपर्ने बताएपछि विद्यार्थीहरु आन्दोलित भएको ग्रिन हर्ट एलाइन्स फर पुसेफ(ग्याप) अध्यक्ष शैलेन्द्र न्यौपानेले बताएका छन् ।
प्रयोगात्मक मात्र फेल भए , मौका परिक्षाको व्यवस्थापन हुनुपर्ने र प्रयोगात्मक परिक्षा छुटेकालाई प्रयोगात्मक परिक्षा मात्र दिदाँ पास हुने व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । कृषि तथा वन दुवै संकायमा एउटै समस्या आएकाले तालाबन्दीमा जानुपरेको जि.एस.टि का अध्यक्ष रुपेश राज यादवले बताएका छन् ।
यसै विषयमा भोलि शनिबार क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थीहरु बिच छलफल हुने बताईएको छ । परिक्षा शाखाले यस विषयमा चासो नलिए तालाबन्द निरन्तर रहने ग्यापका पुर्व अध्यक्ष सागरराम ढकालले बताए ।
विद्यार्थीहरुले परिक्षा फर्म शुल्क वृद्धि गर्नु, समयमा प्रयोगात्मक परिक्षा नहुनु र नियम परिवर्तन गरिरहने र विद्यार्थी तथा क्याम्पस प्रशासन समेत जानकार नहुनु गम्भिर विषय भएको बताएका छन् । ,