झापा । झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।
हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।