कृष्ण दुलाल,
पाँचथर । अहिले सोसियल मिडियामा स्न्याप च्याट युवा माझ लोक पृय बन्दै भएको छ । स्न्याप च्याटमा युवा झुम्मिरहेको बेला लाग्न सक्छ के हो स्न्याप च्याट ? यो कसरी चलाउने ?
स्न्याप च्याट एक फोटो शेयरीङ या फोटो भ्लगिङ गर्न म्यासेज गरेको सर्ट टाईम (२४ घण्टा) मा कन्र्भससेसन डिलिट हुने लगायतका बिशेषता भएको एक एप्लीकेशन हो । यो एप American multimedia instant messaging एप हो, यसको डिजाइन स्टानफोर्ड युनिभर्सिटिका विद्यार्थी इभान स्पेन्गल र ववि मर्पी ले २०२१ जुलाईमा गरेका हुन। यो एपका दैनिक क्रियासिल युजर २९३ मिलियन्स रहेका छन् ।
तपाईले फोटो सेयरीङ गर्नु भएको छ भने तपाईका साथिहरु या फलोवर्सले देख्छन् तपाईले शेयर गरेको फोटोको लागी यस्तो एउटा फिचर हुन्छ तपाईको साथिले कतिबेरसम्म देख्न मिल्ने भनेर तपाईले त्यो फोटोलाई २ सेकेन्डको टाइमिङ सेट गर्न सक्नुहुनेछ यसले गर्दा तपाईको फोटो कसैले सेभ गर्न सक्दैन त्यसैले गर्दा गोपनियताको आधारमा पनि यो एप सुरक्षित रहेको छ ।
यदि तपाईले अरुलाई फोटो शेयरिङ नगरि फोटो ग्यालरिमा सुरक्षित गरेर पनि राख्न सक्नुहुनेछ । यसको लोकप्रीयता दिनानु दिन नेपालमा पनि बढ्दो रहेको छ। विषेश गरेर सेलिबेट्रिहरुले यो एपको प्रयोग गरेको पाइन्छ।
कसरी गर्ने इन्सटल र सेटअप ?
तपाईको मोवाईलको पेलेस्टोरमा जानुहोस त्यहा गइसकेपछि सर्चबारमा स्नाप च्याट टाइप गरेर इन्टर प्रेस गर्नुहोस र त्यसलाई इन्सटल गर्नुहोस । इन्सटल गरिसकेपछि तपाईको मोबाइलको मेन मेन्युमा आउछ अब तपाईले त्यसलाई प्रेस गर्नुहोस र खोल्नुहोस खोलिसकेपछि तपाईलाई साइन इन र साइन अप गर्ने अपसन सोध्छ ।
तपाईले पहिलानै यो एपको प्रयोग गरि सक्नु भएको छ भने साइन इन मा प्रेस गर्नुहोला यदि तपाई नयाँ हुनुहुन्छ भने साइन अपमा क्लिक गर्नुहोला । अब यहाँ क्लिक गरिसकेपछि तपाईको डिभाइज ले एप प्रमिसन माग्छ यसलाई कन्टीन्यीउ गर्नुहोस ।
अब भने तपाईलाइ आफ्नो नाम सोध्छ तपाईले आफ्नो नाम राख्नुहोला र साइन अप एण्ड एक्सेप्ट मा क्लिक गर्नुहोस अब भने तपाईलाई तपाईको बर्थडे सोध्छ तपाईले आफ्नो बर्थडे त्यहा राख्नुपर्ने हुन्छ र कन्टीन्यु गर्नुहोला ।
अबभने तपाईलाई तपाईको युजरनेम के राख्ने भन्ने बारे सोध्छ त्यहाँ तपाईले आफ्नो युजरनेम राखेर इन्टर गर्नुहोला त्यसपछि तपाईलाई पार्सवडको बारेमा सोध्छ तपाईले पार्सवर्स राखेर कन्टीन्यीउमा क्लिक गर्नुभयो भने तपाईको सेटअप पुरा हुनेछ अबभने तपाईले स्नाप च्याटको बिशेषताहरु आफैले चलाएर अनुभव गर्न सक्नुहुनेछ ।