पाँचथर । पाँचथरमा विषालु सब्जी खाएको कारण एक जनाले ज्यान गुमाएका छन् । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेन (साविक हेलाङ-७) निवासी ६७ वर्षिय लक्ष्मी नेम्बाङको शुक्रबार निधन भएको छ ।
गत हप्ता एकै परिवारका नेम्बाङ सहित सात जनाले बिषालु सब्जी खाएर बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल पठाइएको थियो । सब्जी खाएर बिरामी भए लगत्तै विर्तामोडको विएण्डसी हस्पिटलमा उपचारको लागि भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि विराटनगरमा रेफर गरिएका उनको उपचारकै क्रममा शुक्रबार मध्यरात २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शवलाई आजै पाँचथर ल्याउँदै गरेको मृतकका माइला छोरा लोकेन नेम्वाङले जानकारी दिए ।
परिवारका अन्य छ जनाको उपचारपछि निको भएर घर आइपुगेको बताइएको छ । उनिहरूले कहाँबाट के सब्जि ल्याएर खाए भन्ने कुरा खुल्न अाएकाे छैन् ।
बिषालु सब्जी खाँदा पाँचथरमा एक जनाको ज्यान गयो
बिषालु सब्जी खाँदा पाँचथरमा एक जनाको ज्यान गयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस