पाँचथर । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेश स्तरिय प्रतिष्पर्धामा पाँचथरले ११ स्वर्ण जितेको छ । पाँचथरले बिभिन्न खेल बिधामा ११ वटा स्वर्ण जितेको छ । प्रदेश स्तरीय छनोटबाट २२ जना खेलाडी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी छनोट भएका छन् ।
प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा पाँचथरले आइ.टि.एफ तेक्वान्दोमा ३ वटा स्वर्ण,फुलकन्ट्रयाक कराँतेमा ३ वटा, कुस्तीमा ३, जुडो र शारीरिक सुगठन एक/एक वटा स्वर्ण पदक प्राप्त भएको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । आइ.टि.एफ तेक्वान्दोमा दर्शन सेलीङ,आलोक राई ४५ केजी समुह र अनिस सेलीङ ६० केजी समुहमा स्वर्ण पदक जितेका छन् ।
यस्तै, फुलकन्ट्रयाक कराँते तर्फ श्रीष्टी आङदेम्बे ४० केजी समुहमा, विना तुम्बपो ५० केजी समुहमा,इक्सा माङलाक ५५ केजी स्वर्ण पदक जितेका छन् । कुस्तीमा अमिलेख नेम्बाङ ७४ केजी समुहमा,बणर्ा लिम्बु चोम्बाङ ५७ केजी समुहमा, प्ररणा लिम्बु ५३ केजी समुहमा स्वर्ण पदक जितेका छन् । जुडोमा उत्तम प्रधानले ७७ केजी समुहमा स्वर्ण पदक जितेका छन् । शारीरिक सुगठनमा पबन भट्टराई ७० केजी समुहमा स्वर्ण जितेको मोक्तानले जानकारी दिए ।
स्वर्ण पदक नजिते पनि फुटबलकी प्रबिना कालीकोटे,रग्बी पुरुष तर्फका बुद्धिराज राई,बिनय तुम्बापो,सन्दीप कुमार राई, र बुद्धिचाल तर्फका प्रशान्त दाश चेम्जोङ पनि राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट भएको मोक्तानले जानकारी दिए । पाँचथरबाट १७ वटा खेलमा दुई सय ६६ जना खेलाडीहरुले प्रदेश छनोटमा सहभागिता जनाएका थिए । २६६ जना खेलाडीहरुबाट २२ जना खेलाडीहरुमा राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट भएका हुन् । जिल्लामा पहिलो पटक २२ जना खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी छनोट भएको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । माेक्तानले प्रदेश छनाेटमा तयारी गर्ने समय अभाब भएर तयारी गर्न नसकिएकाे बताए । पर्याप्त समय भएकाे भए अझै धेरै खेलडीहरु राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट हुन सक्ने दाबी गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।