ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई चाेरी तथा लुटपाटमा संलग्नमध्येका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यही असाेज १७ गते साेमबार वीरेन्द्रचाेकमा रहेको आइएमई मनी ट्रान्सफरबाट नगद र गरगहना चाेरी कार्यमा चार जना संलग्नमध्ये तीन जनालाई पक्राउ गरिएकाे र एक जनाकाे खाेजीकार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मिरिङचिनले जानकारी दिए ।
प्रवक्ता मिरिङचिनका अनुसार जाहेरीका क्रममा आइएमईबाट नाै कराेड रकम चाेरी भएकाे भनिएकाेमा हालसम्म तीन जनाकाे साथबाट ६ लाख १४ हजार नगद र १ सय ४३ ताेला सुन फेला पारिएकाे छ ।
आइएमईकाे सिसिटिभी फुटेजमा गरगहनाका बट्टा हेर्दा नाै कराेड चाेरी भएकाे आँकलन गर्न नसकिने भएकाले यसबारे सत्यतथ्य खाेजी कार्य भइरहेकाे समेत उनले बताए। ‘आराेपितले नाै कराेड भनी जाहेरी दिनुभएकाे छ । सिसीटिभी फुटेजमा सुनकाे बट्टा र अन्य कुरा हेर्दा कम भएकाे भन्ने आएकाे छ,’ प्रहरी निरिक्षक मिरिङचिनले भने, ‘मालिक बाहिर भएकाले यकिन विवरण आउन सकेकाे छैन । अनुसन्धान हुँदैछ, सत्यतथ्य चाँडै बाहिर आउँछ ।’
प्रहरीले हालसम्म पक्राउ गरेका तीन जनामध्ये सुरुमै पक्राउ परेका एक जना ताप्लेजुङका भएपनि बाँकी तीन जना भने ताप्लेजुङभन्दा बाहिरबाट आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।