सरला रेग्मी,गान्तोक । छिमेकी जिल्ला भारत को सुन्दर शहरको रुपमा परिचित सिक्किम निकै सुन्दर छ । सिक्किम भारतको एक सम्पन्न र सुन्दर राज्य हो। यहाँका रैथाने बासिन्दाहरू लेप्चा हुन्। यिनीहरूको मूलथलो कहाँ थियो भन्ने बारे त्यति जानकारी पाइदैन । तर तिब्बत वा आसामको सुदूर क्षेत्रबाट आएका हुन् भन्ने भनाई रहेको बासिन्दाहरु बताउछन् । लेप्चाहरू सँगसँगै त्यहाँ लिम्बु र मगरहरू पनि सुरूदेखि नै सिक्किममा रहेको बताइन्छ ।
बोलचालमा नेपाली भाषा रहेपनी हिन्दी, अंग्रेज़ी यहाँको प्रमुख भाषा रहेको छ । नेपाल बाहिर घुम्न जाउ भन्दा सिक्किम नेपालीहरुको पहिलो रोजाइ बन्ने गर्छ । सिक्किममा घुम्नका लागि प्रशस्त स्थान भएपनी राजधानी बाट नजिकै करिब ३७ किलो मिटरको दुरिमा रहेको चङ्गु लेक, यहाँ आउने आगन्तुकको लागि प्रमुख रोजाइ बन्ने गर्छ । हिउँले ढाकिएको पहाड ३ हजार ७ सय ५३ मिटर उचाईमा रहेको चङ्गु ताल यस्को भव्य सुन्दरता र भारत – चिनियाँ सिमाको एक लोकप्रिय पर्यटकिय स्थल हो । यसलाई टिसोम्गो ताल भएर पनि चिन्ने गरिन्छ ।
यो तालमा भएको पानी ,झरना,वरपरका खोला र हिउँ पग्लिएर जम्मा भएको हो । यो ताल सिक्किम र तिब्बत बीचको गान्तोक-ल्हासा व्यापार मार्गमा अवस्थित छ। ताल क्षेत्र वनस्पति र जीवजन्तुमा धनी छ र प्रवासी चराहरूको लागि महत्त्वपूर्ण बिसौनी मानिन्छ । गान्तोक बाट २ घण्टा ३० मिनेटमा पुग्न सकिने यो ताल देखि करिब ४५ मिनेटको दुरिमा नथु ला पुग्न सकिन्छ । नाथु ला, चीनको तिब्बतको यादोङ काउन्टी र दक्षिण एसियाको बंगालको सिक्किम र पश्चिम बङ्गालको बीचमा रहेको छ । नाथु ला जान नेपालीलाई अनुमती छैन ।
चङ्गु ताल सम्म पुग्न पनि सिक्किम प्रबेशको अनुमती साथै आफ्नो फोटो सहित आफ्नो विवरण पेश गर्नु पर्ने हुन्छ । चङ्गु ताल ८ सय ३७ मिटर चौडाइमा फैलिएको छ । ताल घुम्ने आगन्तुकका लागि रोमान्चित स्थलमात्र नभएर सिक्किमेहरुले यो ताललाई पबित्र स्थल मान्ने गर्छन् । तालको छेउमा शिवको मन्दिर रहेको छ । यो ताललाई झाक्रीस भनेर बिश्वास गरिन्छ जस्को अर्थ कुनै पनि रोग व्यादी निको हुने भन्ने बुखिन्छ ।
ताल घुम्नको लागि रोप्य ९ केवलकार० राखिएको छ । वरिपरि फराकिलो डाँडाँ ताल आसपासमा आगन्तुक चढाउन राखिएको चौरिले रोमान्चित देखिन्छ । बिशेषगरि वसन्त ऋतु ९ मार्च देखि अप्रिल ० महिना घुम्नका लागि उत्तम मानिन्छ । डिसेम्बर देखि फेब्रुअरी महिनामा वरिपरिका डाडा हिउँले छपक्क छोप्ने र ताल जम्ने स्थानिय उत्तम गुरुङले बताए । विशेष बैशाखे पुर्णिामामा पुजा आरधना हुने यस स्थल घुम्न अत्यन्तै सुन्दर छ । यहाँको मौषम बदलिँरहदो हुँदा यहाँका होटेलमा छाता, जाडोमा,पानीमा लगाउने ज्याकेट भाडामा लिन समेत पाइन्छ ।