सरला रेग्मी
धरान । धरान १७ कि लिला राईले उनको उमेरमा छठ देखेकी थिइनन् । रेडियो टेलिभिजनमा भने सुनेकी थिइन् । केही बर्ष अघि देखि उनी छठ हेर्न आउने गरेकी छन् ।
धरानका सर्दु, सेउती,लेउती खोला केही बर्ष अगाडि सम्म निकै सुनसान देखिन्थे । तर अचेल बिशेषगरि तराईका खोला, तलाउमा देखिने रौनक अचेल पहाडी समुदाय र छठ नदेखिएका शहरमा पनि यस्को रौनक बढ्दै गएको छ । धरानको सर्दु, सेउतिका किनाराहरु आज दङ्ग देखिन्छ । झिलमिल बत्ती, फुलले सझिएको घाट,अनि निरहार बसेका भक्तालु अनि त्यो रौनक हेर्न आउनेको माहोलले सेउती रमझम देखिएको छ ।
दशै तिहारले बिट मार्दै गर्दा छठको रमझमले छपक्क छोपेको छ । मधेशमात्र होइन पहाडी समुदायको खोला नदि किनारा बेहुलीझै श्रृङ्गारीएको छ । नदि किनारा विभिन्न घाटहरुमा मनाइने छठ लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ। छठ पूजामा खास गरि सूर्य भगवान र छठी माताको पूजा आरधाना गरिन्छ ।
बिशेषगरि तराईमा मनाइने छठ पर्व अहिले सबैतिर, सबै जातिले मनाउन थाले सङै एकताको पर्वको रुपमा मान्ने गरिन्छ ।
चार दिनसम्म मनाइने छठ पर्व पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
चौथी तिथीका दिन बिहान ब्रतालुहरु घर नजिकको ताल, पोखरी वा नदीमा गइ नहुाइ धुवाइ गरि चोखो भइ पियाज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्विक भोजन ग्रहण गर्छन् । यस दिनलाई भोजपुरी र मैथिली भाषामा नहाए खाएके दिन भनिन्छ ।
परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा अराधना गरी यो पर्व निष्ठाका साथ मनाइने गरिन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनाका साथै छठी माताको पनि पूजा गरिने भएकाले यस पर्वलाई छठ पर्व भनिएको हो ।