सरला रेग्मि,
धरान । कार्तिक र मंसिर महिना घुम्नका लागि उत्तम महिना मानिन्छ । खुलेको आकाश, पहाडी क्षेत्रबाट देखिएका हिमालका दृश्य अत्यन्तै मन मोहक लाग्छ । मलाई लामा दुरिका भन्दा छोटा दुरिका यात्रा रमाइलो लाग्छ । छोटो यात्राले समय र खर्च दुबै बचाउछ । पुर्वमा हिमाल हेर्न नै जाने हो भने प्रशस्त स्थान छन् । संखुवासभाबाट मकालु हिमाल नजिकै देख्न सकिन्छ। ताप्लेजुङ,पाँचथर र तेह्रथुमबाट हिमश्रङ्खला हत्केलाले छुनेगरी उभिएका छन् ,नदेख्ने कुरै भएन, सोलुखुम्बु त झन नेपालकै शिर बोकेर बसेको छ । तर यी सबैको एक बिकल्प खोज्ने हो भने इलामको सुर्यदय नगरपालिकाको श्री अन्तु एक उत्कृष्ट बिकल्प बन्ने रहेछ । म श्री अन्तु धेरै पटक पुगेको छु । तर जतिपटक पुगेपनी फेरि पुग्न तिर्खाए जस्तो नै हुन्छु । हिमालको सुन्दर दृश्य , हरियाली थुम्किला डाँडा , सुर्यको पहिलो स्पर्श खोज्ने हो भने श्री अन्तु भन्दा अर्को बिकल्प मलाई लाग्दैन ।
सेतो हिमाल,हरिया चिया बगान,धर्ती छुन निस्किएको घामको पहिलो किरणले आँखा,मन सबै रोमान्चित हुन्छ । लेप्चा समुदायको संस्कार देखिने भयो भने त्यो भन्दा रोचक अर्को के होला र ?
चारालिबाट ४२ किलोमिटरमा इलामको फिक्कल पुगिन्छ । फिक्कल बजार नपुग्दै १ किलो मिटर अगाडि नै श्री अन्तुको बाटो छुटिन्छ । करिब १३ किलो मिटरको दुरि पार गरेर श्री अन्तु पुग्न सकिन्छ । यदि तपाइँ पुर्वी नेपाल वरिपरि घुम्न जान खोज्दै हुनुहुन्छ भने यो स्थल उत्कृष्ट रोजाइ बन्न सक्छ । कम समय,कम खर्च र सबै दृश्यको मजा एकै स्थलबाट लिन चाहनेको लागि यो एउटा रोचक गन्तब्य बन्न सक्छ ।
नेपालकै पहिलो घाम झुल्किने ठाउँ भएकाले घाम झुल्केको हेर्न आउनेहरु पनि उत्तिकै हुन्छन्।सुर्यदयको सुन्दर दृश्य हेर्न, लेप्चा समुदायको संस्कार, सस्कृतिको अध्ययन गर्न आउने, अन्तु पोखरीमा डुगां सयर गर्न, पर्यटकहरुको खचाखच देखिन्छ भने पैदल यात्राकालागि पनि पर्यटकहरु अन्तु घुम्न आउने गरेका छन् । अन्तुमा पर्यटकहरु गाउँका कुना कन्दरा सबैतिर घुम्न रुचाउने अन्तु होमस्टे व्यवसायी बताउछन् ।
काठमाडौबाट यात्रा गर्न चाहनेले सडक या हवाईयात्रापनी गर्न सकिन्छ । हवाई यात्राका लागि भद्रपुरबाट हरेक दिन यात्रा गर्न सकिन्छ भने इलामबाट हप्तामा एकदिनमात्र हवाई यातायात संचालन हुन्छ । पर्यटकका लागि रमाइला स्थल बनेपनी पर्यटक बस भने यहाँ भेटिदैन । ट्याक्सी, बस र भ्यानबाट यात्रा गर्न सकिन्छ । इलाम चियाका लागि नेपालकै प्रमुख स्थल मानिन्छ । गृन सिटिको रुपमा परिचित इलामका हरेक डाँडा मानव निर्मित झै देखिन्छन् । हरिया थुम्किला डाँडा,नागबेली सडकले मनै लोभ्याउछ ।
खाजा खाना र बस्नका लागि प्रशस्त होटल, होमस्टे भेटिन्छन बिशेषत शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुँइचो हुने गर्दछ । समुन्द्र सतह बाट २ हजार ३ सय मिटरको उचाईमा रहेको भ्यु टावर र त्यो टावरको मुनिपट्टी रहेको एउटा सानो गाउँ हो श्री अन्तु । मुख्य बजार नेपाल भारतको सिमाना पशुपति नगर र फिक्कल रहेको यो गाउँ निकै आकर्षक छ ।बिहान ४ बजे देखि सुर्यदय हेर्नजानेको हल्लिखल्लिले बिहान हुनै दिदैन ।
पोखरी आसपासबाट करिब ४५ मिटरको पैदलयात्रा पछि सुर्योदय हेर्न सकिन्छ । हामिपुग्दा सुर्योदय हेर्नेको घुइँचो लागिसकेको थियो । जब सुर्यको दृश्य देखिदै मात्र थियो वयस्क आगन्तुकको आवाज चर्किदो थियो । बुढाबुढिको आवाज धार्मिक थियो । सुर्य नारायण भन्दै आवाजमा पुकार थियो । झुल्किदो घामको सुन्दर क्षण खिच्ने प्रयासमा हर कोहि लालायित थियौ । सुर्योदय हेरेपछी आउने आगन्तुकको लागि स शुल्क खाजा पाउने स्टलहरु राखिएको छ । जहाँ फापरको रोटिसँग मह,भक्काको स्वाद र सिस्नुको झोल खान सकिन्छ । मेरो पहिलो स्वाद सिस्नुको निकै मिठास अनुभव रह्यो ।
श्री अन्तुको सुर्योदय अवलोकनपछि सुरिलो धुपिको बोट र चियाको बगान बिचमा अर्को सुन्दरताले भरिएको पोखरिपनी यहाँको अर्को प्रमुख स्थल हो । धेरै जसो आगन्तुकहरु यहीँ पोखरी आसपास बस्ने गरेका छन् । साझमा त्यहाँका होटल र होमस्टेमा क्याम्प फायर, लाइफ म्युजिकले आगन्तुकलाई रातभरी नचाएको थाहानै पाइदैन । बिहान सुर्योदयपछी पोखरीमा बोर्ट सवार र घोडा सवारी गर्न सकिन्छ ।
यहाँबाट कंचनजङा हिमश्रङ्खला प्रष्ट देख्न सकिन्छ । सामान्यतया चिसो स्थान यो, असोज देखि फागुनसम्म निकै चिसो हुनेगर्दछ । राता,निला च्यादर लगाएका विभिन्न डिजाइनका घरहरु यहाँको अर्को बिशेषता हो । ती होमस्टेबाट देखिने चियाका बगान, हिमश्रङ्खलाले सुनमा सुगन्ध थपेको भान हुन्छ ।
झापाको चाराली बाट ३ सय रुपैया र अन्तु स्टेन्डबाट २ सय रुपैयामा अन्तु पुग्न सकिन्छ । ६ सय देखि ३ हजार रुपैयासम्मको लज भेटिन्छ । सुर्योदय हेर्नकालागी प्रतिव्यक्ती ५० रुपैया खर्च हुन्छ ।
आशा छ यो फोटो र भिडियोले तपाइको तलतल केही क्षणलाई भएपनी मेट्ने छ ।