काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।
सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए ।