केन्जो खबर। २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टीको रुपमा अघि आएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का लागि अलग्गै सिट लहर तोकिने प्रष्ट संकेतहरु देखिएका छन् । निर्वाचनको मत परिणाम आइरहदा घण्टी कहाँ कसरि बजिरहेको छ त :
चितवन-२ मा ८ हजार ९ सय ७५ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म गणना भएको मतमा नेकपा एमालेका कृष्णभक्त पोखरेल सबैभन्दा अगाडि छन् ।
पोखरेलले ३,३३१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २,६९४ मत पाएका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।
तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।
चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।
कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् ।