तेह्रथुम। तेह्रथुममा नेकपा एमालेले अग्रता लिएको छ ।
मंगलबार साँझ १००३ मत गणना गर्दा नेकपा एमालेका विजय सुब्बाले ५६० मतसहित अग्रता लिएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३९६ मत पाएकी छन् । सुब्बा र गुरुङ बीच १ सय ६४ मतान्तर भएको छ ।
यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।