पाँचथर । नेपाली काँग्रेकाका जिल्ला सभापतीहरुले १० बुँदे बिज्ञप्ति जारी गर्दै सरकारले बजेट मार्फत चुरेको गिट्टी बालुबा बेच्ने कार्यक्रम राष्ट्रघाती कदम रहेको दाबी गरेका छन् । देशभरका कांग्रेस जिल्ला सभापतिहरुले संयुक्त रुपमा जारी गरेको १० बुँदे बिज्ञप्तिमा भनिएको छ सरकारको यो कदम राष्ट्रघाती रहेको छ ।
चुरेभावर क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासिलाइ खुल्ला गर्नु राष्ट्रघाती कार्य हो । यो तत्काल सुधार गर्न सरकारलाई भनिएको छ । देशको बातबारणलाई दीर्घकालिन असर गर्ने काम नगर्न सरकारलाई आग्रहर गर्दछौँ । । जिल्ला सभापतिहरुको अग्रसरतालमा आयोजित प्रदेशस्तरीय जुम बैठकले मार्फत बिज्ञाप्ती जारी गरिएको हो ।
कोरोना महामारीको बेला सरकारको ध्यन महामारीमा जानु पर्नेमा सक्ता टिकाउन मात्र उद्त रहेको बताइएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र बिखण्डलको आसयमा अभिव्यक्ति दिने कार्यले हाम्रो सर्वाभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि प्रहार भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ‘देशमा कानुनी शासनको ध्वज्जी उडाइएको छ ।’
सभापतिहरुले कसैको अनुचित प्रभावमा नपरी संविधान र लोकतान्त्रिक मूल्य मान्यताको रक्षार्थ योगदान गर्न सरकारलाई अपिल गरेका छन् । सरकारले सुकेटार विमानस्थल लगायत पुरातात्विक महत्वका तिर्थस्थलहरुको मौलिकतामाथि प्रहार गरेको काँग्रेसको ठहर छ । ‘धार्मिक, ऐतिहाँसिक र पुरातात्विक महत्व बोकेका ठाउँको नाम परिवर्तन गरी मौलिकतामाथि खेलवाड नगर्न आग्रह गर्दछौँ,’ बिज्ञप्तिमा उल्लेख छ ।
काँग्रेस सभापतिहरुको दाबी चुरे दोहन राष्ट्रघाती
काँग्रेस सभापतिहरुको दाबी चुरे दोहन राष्ट्रघाती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस