सरला रेग्मी
धरान । बिबाहित दम्पतीमा नि:सन्तानपन बढ्दो देखिएको छ । देशैभरी नि:सन्तान दम्पती कति छन् भन्ने तथ्याङ नभएपनी यत्रतत्र खुलेका नि:सन्तान उपचार केन्द्र र त्याँहा आउने बिरामी संख्याले अनुमान लगाउन सकिन्छ । हरेक दिन ५ देखि ७ नयाँ जोडी बाँझोपनको समस्या लिएर नि:सन्तान उपचारकेन्द्र आउने गरेको बिराट नर्सिङ होमको टेष्ट ट्युब बेबी उपचार केन्द्रको तथ्याकमा हेर्न सकिन्छ ।
नि:सन्तानपनकै कारण घर,परिवार तथा समाजबाट विभिन्न किसिमका अपहेलना सहनुपरेको नि:सन्तान दम्पती बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार बाँझोपन भनेको प्रजनन स्वास्थ्य प्रणाली सम्बन्धी रोग हो जसमा नियमित यौनसम्पर्क राख्दापनी जोडि गर्भधारण गर्न बिफल हुन्छ । नि:सन्तान दम्पतिको लागि टेष्ट ट्युब बेबी पद्धति कुनै चमत्कार भन्दा कम भएको छैन ।
बिश्वमा सबैभन्दा पहिला इङ्ल्यान्डको ओल्डहाममा लुइस जोय ब्राउनको १९७८ जुलाई २५ मा आईभिएफ पद्धतिबाट जन्मभएको थियो । नेपालमा सन् २००४ मा ओम अस्पतालले आईभिएफ उपचार पद्धति सुरुवात गरेको थियो । यहि प्रक्रियाबाट सन् २००५ मा ओममणि तामाङको जन्मभएको थियो उनी नै नेपालको पहिलो टेष्ट ट्युब बेबि हुन् ।
टेष्ट ट्युब बेबी पद्धति नेपालमा प्रवेश गरेको दुई दशक बितिसक्दापनि अझै यो उपचार पद्धति बारे खुलेर बोल्न र यो उपचार पद्धति बारे नि:सन्तान दम्पतिले बहस कम गर्ने गरेका छन् । के हो आइभिएफ ( टेष्ट ट्युब बेबी) पद्धतिरु नेपाली समाजमा अझै यो पद्धति बारे अनगिन्ती धारणा बनेको पाइन्छ ।
कस्ता दम्पतीले आइभिएफ पद्धतिमा जाने यसैबारे केन्जो खबरले बिराट नर्सिङ होमको टेष्ट ट्युब बेबि उपचार केन्द्रकी आईभिएफ विशेषज्ञ डाक्टर प्रेरणा दाहालसँग गरिएको कुराकारी :-