पाँचथर । पाँचथर सदरमुकाम फिदिममा रहेको गणेशमान सिं सामुदाकि अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया सफल भएकाे छ । फालेलुङ ७ का २२ महिनाको बच्चाको हर्नियाको गणेशमान सिं सामुदाकि अस्पतालका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।
अस्पतालले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न डाक्टरले जानकारी दिए । अस्पतालका डा. प्रयास न्यौपाने र एनेस्थेसियोलोजिष्ट द्धय डा. विकास वराल र रक्षा शाक्यको टिमले बच्चाको शल्यक्रिया गरेको हुन् । पुरै शरिर वेहोस नबनाइ आधा शरिर मात्र लठ्याएर शल्यक्रिया गरिएको अस्पताले जनाएको छ ।
‘हर्नियाको शल्यक्रियाका लागि तराई वा अन्यत्रजानु पथ्यो, अब सर्वसाधारणलाई सहज हुन्छ’ । अस्पतालका सञ्चालक मंगल बेघाले भने । बेघाले अब अस्पतालले हर्नियाको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिए ।