सरला रेग्मी
धरान। आज धरानबासी धरानको जन्म उत्सव मनाउन व्यस्त देखिन्छन् । १ सय २२ औं स्थापना दिवस मनाउन पुष २० गते देखि विभिन्न कार्यक्रम हुने आयोजक धरान उपमहानगरपालिकाले जनाएको छ । धरान उत्सवको उद्घाटन समारोहमा धरान होलिडेजले हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथी सुनसरी क्षेत्र नम्बर १ का सांसद अशोक कुमार राइले कार्यक्रमको उद्घाटन गरेका थिए ।वि.स १९५९ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हालको पुरानो बजार र वि.स १९९०मा श्री ३ जुद्व शमशेरले जुद्द नगर हालको नयाँ बजार बसालेको ईतिहास पाइन्छ । धरान स्थापना भएको १ सय २२ बर्ष भएपनी धरान डे भनेर वि.स २०५५सालबाट मनाउन थालिएको हो ।
तीन दिने धरान उत्सब धरानको पब्लिक हाइस्कुलको खेलमैदानमा हुँदै छ । धरान उत्सवमा ७५ वटा स्टलहरु राखिएको छ । जस्मा पाँचथरको स्थानिय उत्पादन समेत राखिएको छ ।
नेवारी खानेकुरा, नर्सरी उत्पादन, ढाकाका उत्पादन, हस्तकलामा धरानको उत्पतिको विभिन्न बिम्ब र धरानका पर्यटक क्षेत्रलाई रङमा उतारिएको चित्र पनि स्टलमा राखिएको छ । केटाकेटिको लागि खेल्नका लागि सामाग्री सहित पब्लिक हाइस्कुलका छात्रछात्राले बनाएका बैज्ञानिक सामाग्रीपनी देख्न सकिन्छ ।
धरान डे मनाउन धरानमा बसोबास गर्ने विविध जातजातिले आ- आफ्नो कला संस्कृती झल्काउने झाकी,च्याब्रुङ,लाखे,हुर्रा नाच, सेलो नृत्य देखाउदै “हेप्पी ब्रर्थ डे धरान” भन्दै र्यालि पब्लिक हाइस्कुल गएर स्थापना दिवसको औपचारिक कार्यक्रममा सामेल भएको थियो ।
प्रदेश नम्बर. १ मा अवस्थित धरान,नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता सहरको रुपमा विकाश हुँदै पुर्वाञ्चलकाे मात्र नभै नेपालकै नमुना उपमहानगरपालिका बन्न प्रयासरत रहेको छ ।