पाँचथर । बधाई । बधाइ हाम्रो प्यारो लक्की बिजेता २०२२को तपाईंको मोबाइल नम्बर पाँच देशको इन्टर्नेशनल कोभिड १९ लक्की ड्र मा छनोट भएको छ । तपाइँले रु २५ लाख जित्नु भएको छ ।
यस्तो मेसेज तपाइँकोमा आएको छ ? यदि आएको भए तपाईंले कस्तो प्रतिक्रिया दिनु भएको छ ?
यस्तो मेसेज मात्र होइनन् अनलाईनमा विभिन्न प्रवृत्तिका मेसेज आउँछन् ।
पाँचथरका एक ३६ बर्षिय राकेश ( नाम परिवर्तन) को वाट्सअपमा कार परेको चिट्ठा मेसेज आउँछ। चिठ्ठामा निलो कार परेको भनेर कारको फोटो पनि पठाइन्छ । कार भन्सारमा आएको र कार नेपाल तर्फ पठाउने रकम चिठ्ठा पार्ने व्यक्तीले नै तिर्नुपर्ने जानकारी आउँछ । राकेशले पटक पटक गरि ४ लाख रुपैया पठाउँछन् । पछि आफुँलाई परेको भनिएको कार आउदैन उनलाई आफू ठगिएको भन्ने लाग्छ र उजुरी दिन जिल्ला प्रहरी कार्यलय पाँचथर पुग्छन् ।
फिदिमकी संगीता (नाम परिवर्तन) स्नातक पढ्दै थिइन्। उनका श्रीमानले कोरियाबाट पैसा पठाउने भए । फिदिम मा अवस्थित एनएमबी बैकमा खाता खोलिन । आफुँले खाता खोलेको बैकको फेसबुक पेज खोल्न खोज्दा उनी ठगी प्रयोजनको लागि खोलिएको बैक पेज चलाउन पुगिन। बैक कर्मचारी ठानेन कुरा गर्दै गइन,आफ्नो ओटिपि नम्बर समेत सेयर गरिन त्यँही नम्बरको प्रयोग गरेर ठगले उनको खातामा रहेको ४ लाख रुपैया निकालेको मेसेज आएपछी उनी आफू ठगको चङ्गुलमा परेको थाहापाइन ।
काठमाडौ बस्ने गिता(नाम परिवर्तन) उनी पेशाले नर्स हुन । गर्भवती भएका कारण केही समय यता उनी घरै बस्दै आएकी थिइन्। सामाजिक संजाल फेसबुक,वास्ट्सअप,टिकटकमा व्यस्त हुन्थिन्। केही समय अगाडि उनको वास्ट्सअपमा मेसेज आउँछ । मेसेज जर्मनी नागरिकको हुन्छ। उनी युरोप मुलुकको अध्यनको लागि अन्तर्वार्ता दिइरहेने हुँदा चिनजान कै कोहि भन्ने ठान्छिन, वाट्सअप मा कुराकानी हुन थाल्छ। केहिदिनको कुराकानी पछि जर्मनी नागरिकले उनलाई प्रेम प्रस्ताम राख्छन् । उनले आँफू बिबाहित र बच्चा भएको जानकारी दिन्छिन। जर्मनी नागरिकले उनलाई साथी बन्न आग्रह गर्छन् । कुराकानी बढ्दै जान्छ, जर्मनी नागरिक भन्नेले म सपिङ गर्न जान लागेको र आफ्नो नेपाली साथिको लागि सामान पार्सल गर्ने कुरा गर्छन। आइफोन १३ प्रो, डाइमन रिङ उनका परिवारलाई सामान किनेर पार्सल गर्ने भनेर ठेगाना माग्छन् । ती महिलाले आफ्नो ठेगाना दिन्छिन् । त्यस्को केही समयपछी महिलालाई भारतबाट फोन आउँछ। तपाइँको सामान भारत आइपुग्यो उत्त सामान पाउन तपाइँले एन आइ सि बैकको खाता नम्बरमा पैसा पठाएपछी मात्र सामान आइपुग्ने जानकारी दिन्छ।ती महिलाले उत्त रकम भारतबाट भनिएको खाता नम्बरमा पठाउछिन। केही समयपछी ती महिलालाई पुन फोन आउँछ तपाईंको पार्सलमा अमेरिकी ५०० डलर भेटिएको कारण तपाइँको नाममा एन्टी मनि लण्डरिङ सर्टिफिकेट बनाउनु पर्ने भएकाले त्यस्को लागि एक लाख ६१ हजार पठाउन भनेपछी उत्त रकम पठाउन नसक्ने भन्छिन् । रकम छैन भन्दा प्रहरी लगाएर समात्न लगाउँछु भन्दै धम्क्याउन थालेपछि। पटक-पटक मानसिक यातना दिएपछि उनी प्रहरीकहाँ उजुरी दिन पुगिन्।
झापाका बिकास (नाम परिवर्तन) बाहिरी देश जान राम्रो म्यानपावरको खोजीमा थिए। एक दिन फेसबुक चलाउँदै गर्दा ‘वैदेशिक रोजगारीका लागि युके जान चाहनु हुनेले इन्बक्समा म्यासेज गर्नुहोला’ भन्ने पोस्ट देखे। उनले म्यासेजमा कुराकानी गरे। कुराकानी गर्दा ५ लाख ५५ हजार रुपैयाँ लाग्ने बताउँदै जाने व्यक्तिको बैंक स्टेटमेन्ट, फोटो र राहदानी मेल गर्न भनियो।
सोहीअनुसार उनले पनि आफ्नो डकुमेन्ट सबै पठाइदिए। डकुमेन्ट पाएपछि कागजात जाँचका लागि नागरिकता मागियो। उसले एकजना मानिसको नाम र मोबाइल नम्बर दिएर आफ्नो नागरिकता त्यो व्यक्तिलाई दिन र काम सकिएपछि २-३ दिनमा फिर्ता दिने भनियो। उनीहरूले पनि त्यो नम्बरमा कल गरेर बुझ्दा काठमाडौमा नागरिकता लिएर आउन भनियो। नागरिकता दिएपछि त्यसको केही समयपछि आफ्नो खातामा भएको रकम ट्रान्सफर भएको म्यासेज मेलमा आयो। त्यसपछि आफू ठगीएको थाहा पाएपछि उनी प्रहरीकहाँ पुगे।
यी माथिमा उल्लेख गरिएका उदाहरण प्रतिनिथी मात्र हुन। पछिल्लो समय अनलाइन ठगी गर्ने संख्या बढ्दो छ । प्रविधिको पहुँच बढेसँगै त्यसलाई आधार बनाएर ठगी गर्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ। प्रत्येक बर्ष ठगिको संख्या बढ्दै गएको तथ्यांक छ ।२०७७ सालदेखि मात्र अनलाईन ठगीका घटनामाथि अनुसन्धान थालेको हो।
आर्थिक बर्ष ०७७-७८ मा ४४ वटा उजुरी परेका थिए। जसमा एक करोड ३३ लाख रुपैयाँ ठगी भएको थियो। यस्तै, आर्थिक बर्ष ०७८-७९ मा १ सय १९ जनाले ठगिएको उजुरी दिएका थिए। उजुरी दिएकाको विवरण अनुसार एक करोड ९१ लाख रुपैयाँ ठगी भएको थियो । २०७९/८० साउन महिना देखि मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा अनलाईन ठगी पिडित बढेर यो संख्या ५ सय ४९ जना पुगेको छ । भने १० करोड ९१ लाख ३३ हजार ६ सय ५५ रकम ठगी भएको छ । जसमध्ये १ करोड ७७ लाख ३८ हजार १ सय १७ रकम फिर्ता गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गर्ने ट्रेन्ड बढेको छ। सहजै प्रलोभनमा पर्नेहरूबाट ठगीमा संलग्न गिरोहले लाखौं रुपैयाँ असुल गरिसकेको छ। कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइराला भन्छन्।’हात हात मा मोबाईल फोन,ल्यापटप प्रयोगकर्ता बढेसँगै अपराधपनी भर्चुअल बन्दै गएको देखिन्छ ‘।
उनका अनुसार कुनै व्यक्तिले बैंक वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने गर्छन्। खासगरी, एटीएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा बैंकले उपलब्ध गराउने ‘वान टाइम पासवर्ड (ओटीपी)’ नम्बर ठगहरूले माग्ने गर्छन्।
२ हजार भन्दा बढी साइबर ब्युरोमा प्रति वर्ष दर्ता र यस वर्ष साइबर ठगी २ हजारभन्दा बढी भएको छ । साउन महिना देखि मंसिर मसान्तसम्म ३ सय उजुरी परेको साइबर ब्युरोका एसपी पशुपती रायाले बताएका छन् ।
ठगीका प्रवृत्ति फरक फरक रहेका छन् – चिठ्ठा परेको भनी ठगी सामान पार्सल, मोबाईल ल्यापटप खरिद बिक्रि, फेसबुक ह्याकगरी ठगी,ओपिडी कोड प्रयोगको ठगी,वालेट प्रयोगगरि ठगी,अनलाइन रोजगारीको बिज्ञापन ठगी,सिम डुप्लिकेसन,बैदेशिक ठगी,इन्भेस्टमेन्ट स्क्यान भनी विभिन्न प्रकारको शिर्षकमा ठगी हुने गरेको तथ्यांक महानगरीय अपराध महाशाखामा रहेको छ । नेपालमा ईन्टरनेट १ करोड १५ लाख ले प्रयोग गर्छन् । ईन्टरनेटको प्रयोगकर्ता जति बढ्दै जान्छन् अनलाईन ठगी पनि मौलाउँदै जान सक्ने बताइन्छ ।
कोइराला भन्छन् ‘अनलाईन ठगि बढेसगै अनुसन्धानमा पनि त्यत्तिकै कठिनाइ बन्दै गएको छ। फेसबुक, भाइबर, ह्वाट्सएप र इन्स्टाग्रामका सम्पर्क कार्यालय नेपालमा छैनन्। सम्पर्क कार्यालय नभएका कारण सामाजिक सञ्जालमार्फत भएको अपराधको विवरण सजिलै प्राप्त गर्न प्रहरीलाई सजिलो छैन। ‘ठगी गर्ने गिरोहको सम्पर्कमा को-को छन् भन्ने विवरण नआउँदा सञ्जालका मान्छे पक्राउ गर्न सकिँदैन,’ ।
त्यसमाथि विभिन्न अपराधका विषयमा स्पष्ट कानून अभावले पनि नियन्त्रण असहज बनेको छ। र, यसमा संग्लन व्यक्ति सहजै छुट्ने जोखिम छ।
सामाजिक संजालको ठगिबाट जोगिन प्रयोगकर्ता आफै सचेत हुनुपर्ने देखिन्छ। नचिनेको आइडीबाट रिक्योस्ट आएमा एक्सेअप्ट नगर्ने । साइबर अपराधबाट बच्न आफूले चलाउने एप्लिकेसनमा मजबुत पासवर्ड राख्नुपर्छ र अनावश्यक नचिनेको नजानेको मान्छेसँग कुराकानी गर्नुहुँदैन,’ कोइराला भन्छन्, ‘प्रयोगकर्ता स्वयं सचेत भए साइबर अपराध हुन पाउँदैन।’ महाशाखाले पक्राउ गरेका अधिकांश ह्याकरले पासवर्ड सजिलो राखेकाले फेसबुक ह्याक गर्न सकेको बताउने गरेको उनी बताउँछन्।