सरला रेग्मी
धरान । धरान बाट ४८ किलोमिटरको दुरीमा रहेको कोशीटप्पु प्रदेश १ को वन्यजन्तु आरक्षण केन्द्र हो। विश्वमा नै दुर्लभ प्रजातिका रुपमा रहेको बबुल प्रजातिको सिमसार क्षेत्रमा पाइने भैँसी (अर्ना) नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र छ । हात्ती,गोहि,बँदेल,मृग,निलगाइ र साइबेरिया देखि बसाइँ सरि आउने चराका विभिन्न प्रजाती बाहेक कोशिटप्पु नेपालकै एक मात्र क्षेत्र हो जहाँ अर्ना पाइन्छ । वन्यजन्तु आरक्षण प्रबेश द्वार भित्र पुग्न साथ अर्नाको कृतिम मुर्ती देखिन्छ भने प्रत्यक्ष अर्ना हेर्न सफारी नै गर्नुपर्ने हुन्छ ।
अर्नाको बैज्ञानिक नाम बोभिडेई परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो । हेर्दा भैंसी र राँगा जस्तो देखिए पनि यो पानीमा बस्ने जङली भैंसी हो । अर्ना भारतीय उपमहाद्वीप र दक्षिणपूर्व एशियाको ठूलो गाईवस्तु प्रजातिमा पर्छ ।
स्थानिय भन्छन् अर्नाबारे ईतिहास छ, धेरै समय अगाडि भारतबाट तीन वटा ठुला ठुला अर्ना आएका थिए । भारतबाट आएका तिनै अर्नाका सन्ताननै अहिले यस क्षेत्रमा रहेका अर्ना हुन् ।
आरक्ष स्थापनाकालमा अर्नाको संख्या ६३ रहेको थियो । सन् २०२१ को गणना अनुसार ४ सय ९८ वटा अर्ना कोशिटप्पु आरक्षण भित्र रहेका छन् ।
अर्नाको वंश विस्तारका लागि वि.स २०७३ सालमा चितवन राष्ट्रिय निकुञ्जले पनि अर्ना संरक्षणका लागि १५ वटा अर्ना लगेर संरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको थियो। प्रजनन पनि भएको हो तर चितवन राष्ट्रिय निकुञ्जमा बंश विस्तारका लागि भनेर लगिएका अर्ना सकिएका छन् । अर्ना राखिएको निकुञ्जको पुरानो पदमपुर क्षेत्रको इन्क्लोजर भित्र बाघ पसेर अर्नालाई मारेसँगै अर्ना सकिएका हुन् ।
अर्नाको लागि अनुकुल बातावरणपनि चाहिन्छ । बग्ने पानि, दह बस्ने स्थान, अर्ना बिशेषगरी समतल भुमी र घासे मैदान अनि नजिकै पानीको क्षेत्रमा बस्न रुचाउछ । आक्रमण गर्ने जनावर नभएका कारण पनि कोशिटप्पु आरक्षण केन्द्र अर्नाको लागि योग्य क्षेत्र मानिन्छ ।
नेपाल लगाएत पाँच राष्ट्र भारत,भुटान,थाइल्यान्ड ,कम्बोडियामा अर्ना ३४०० देखि ४००० को संख्यामा रहेको छ ,तर यो संख्या थोरै हो । लोपोन्मुख जंगली जनावर भएकै कारण पनि कोशिटप्पु वन्यजन्तु आरक्षण स्थापनाको उद्देश्य पनि अर्नाको संरक्षण नै रहेको हो । अर्ना सकृय जनावरमा पर्छ, दिउँसो र राती नै दुबै समय सकृय हुन्छ । पोथी अर्नाको सिङ लामो चिल्लो हुन्छ भने भाले अर्नाको सिङ छोटो र रेशा रेशा परेको हुन्छ ।
बेला बखत अर्नाको चोरी सिकारीपनी हुने गरेको छ । बिशेषगरी अर्ना बलियो हुने भएका कारण प्रजननका लागि चोरी गर्ने गरेको बताइन्छ । तर पछिल्लो समय क्रस गराइएको राँगो हुँदा खेतबारी जोत्न प्रयोग गरेपनी त्यसबाट जन्मिएको पाडिले दूध कम्ती दिने हुँदा प्रजननकै लागि भनेर चोरी हुन छोडेको तर मासु प्रयोजनका लागि भने चोरीनिकासी हुने बताइन्छ ।अर्नालाई सन् १९८६ देखि आइयुसिएनले रेड लिस्टमा लोपोन्मुखको रूपमा अर्नालाई सूचीबद्ध गरिएको छ ।
(कोशिटप्पु वन्यजन्तु आरक्षणका प्रमुख संरक्षण अधिकारी रमेश कुमार यादव र राष्ट्रिय प्रकृति संरक्षण काेष काेसी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमसँगको कुराकानिपछी तयार पारेको रिपोर्ट )