सरला रेग्मी,सुनसरी
फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रुपमा मनाइन्छ ।यसबर्षको नारा थियो ‘आजको आवश्यकता सिमसारको पुनर्स्थापना’। बिश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भुमिका अहम छ ।
सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष‚ चितवनको बीसहजारी ताल‚ कपिलवस्तुको जगदीशपुर ताल‚ कैलालीको घोडाघोडी ताल‚ रसुवाको गोसाइँकुण्ड‚ डोल्पाको शे–फोक्सुण्डो ताल‚ सोलुखुम्बुको गोक्यो ताल‚ मुगुको रारा ताल‚ इलामको माइपोखरी र कास्कीको फेवा ताल लगायत वरिपरिका नौ ताल सहित नेपालका १० सिमसार क्षेत्र रामसारमा सूचीकृत छन्। सूचीकृत क्षेत्रले ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल ओगटेको छ । नेपालको लागि पहिलो पल्ट अन्तर्राष्ट्रिय महत्वको रामसार सुचिमा सुचिकृत हुने १० वटा सिमसार भुमी मध्धेको एक कोशिटप्पु वन्यजन्तु आरक्ष पनि हो ।
कोशिटप्पु वन्यजन्तु आरक्षका माताहतमा जम्मा १ सय ९ वटा सिमसार क्षेत्र रहेका छन् । जसमा २ लाख ९२ हजार ४ सय ९४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेका,े कोशिटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहा,सुनसरि २०७७ पुस्तकमा उल्लेख छ ।
सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भु–भाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ या भनौ बार्है महिना पानी नसुक्ने क्षेत्र नै सिमसार हो । सिमसार बारे जानकारी राख्ने जानिफकारहरुले सिमसारलाई पर्यावरणको मृगौला भन्ने गर्छन् । भुमी ,जीव,वनस्पति एवं माटोको संरचना र जलिय पर्यावरणलाई काम नलाग्ने अवयहरु छान्ने,शुद्धीकरण गर्ने गर्दछ ।
तर, पछिल्लो समय सिमसार क्षेत्रमा मिचाहा वनस्पति स्थानिय भाषामा (बेसरम झार)का कारण सिमसारमा आश्रित प्रजाती मात्र होइन बिशेषगरि जलारी समुदायपनि प्रभावित बनेको छ । मानिसको जिवन यापनका लागि आवस्यक पर्ने ८० प्रतिशत भन्दा बढी खाध्य सामाग्री सिमसारबाट प्राप्त हुन्छन् । नेपालमा १० प्रतिशत जातिय समुदायहरु जिविकोपार्जनका लागि सिमसार स्रोतमा निर्भर छन् ।
यसका अलावा सिमसार भनेको जलिय प्राणिहरुकालागी प्राकृतिक वासस्थान हो । खासगरी माछा,पंक्षि,कछुवा,उभयचर,घोङी,गंङटो, हिले माछा,कोवा माछा, पाहुना चरा लगाएत सरिसृप प्रजाती सुन गोहि,मगर गोहि,डोर सर्पलाई समेत सिमसार क्षेत्रमा बढ्दो मिचाहा बनस्पतिका कारण सिमसारमा आश्रित प्रजाती विनासको संघारमा पुगेको छ । सन् १९७० सम्ममा ८१ प्रतिशत भित्री सिमसार क्षेत्रमा आश्रित प्रजातिहरु र ३६ प्रतिशत समुद्र सिमसार क्षेत्रमा आश्रित प्रजातीहरु लोप हुने अवस्थामा पुगेका छन् ।
बिदेशबाट आयातित र आफू उत्पती भएको स्थान भन्दा भिन्न स्थानमा हुर्कने वाह्य मिचाहा वनस्पति नेपालमा प्रबेश गरेको २१० बर्ष भयो पहिलो पटक सन् १८२० मा अमेरिका उद्गम स्थल भएको करौती झार भेटिएको थियो । वाह्य मिचाहा वनस्पतिले स्थानिय प्रजातिलाइ विस्थापित गर्दा सिमसार क्षेत्रमा आश्रित सम्पुर्ण जिवलाइ असर गरेको छ ।
कोशिटप्पु आरक्षलाई चराको स्वर्ग भुमिका रुपमा पनि चिनिन्छ । यो आरक्षमा स्थापनाकाल देखि नै यहाँ चराका विषयमा खोज अनुसन्धन तथा चरा गणना हुँदै आएको छ । कोशिटप्पु वन्यजन्तु आरक्ष तथा आसपासमा चराको संख्या बढ्न सक्ने देखिएपनी पहिलाको तुलनामा यस बर्ष आगन्तुक चराले १.१९ प्रतिशतले उडान नभरेको कोशी पंक्षि समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार अनिल तिम्सिनाले बताएका छन् ।
बिशेषगति सगरमाथाको उचाईभन्दा माथिबाट आउने रसिया,साइबेरिया,साइप्रस र उत्तरीभेगबाट जाडो छल्न ,बच्चा जन्माउन र हुर्काउन आउने गरेको छन् । सिमसार क्षेत्रमा वाह्य मिचाहा वनस्पतिले ढाक्दा माछाको वासस्थान प्रभावित भए संगै त्यसको प्रत्यक्ष असर आगन्तुक चरामा पनि देखिन थालेको छ ।
कोशिटप्पु वन्यजन्तु आरक्षका सिमसार क्षेत्रमा माछा कम हुन थालेको छ । कोशी गाउँपालिका सुनसरीका गुलाब मुखिया केही बर्ष अगाडि सम्म हरेक दिन १० देखि २० केजि सम्मको माछा बेचेर घर चलाउथे तर अहिले १/२ केजि पनि मुस्किलले पर्ने गरेको उनी बताउछन् ।
मुखिया भन्छन् ‘जलकुम्बी नाम गरेको मिचाहा झारको कारण माछा मर्ने गरेको छ’ ।उनी कोशी गाउँपालिका सुनसरिका मलाहा माझी संजालको अध्यक्षपनि हुन । उनको परिवार मात्र होइन जलारी समुदायका करीब ४०० परिवार सिमसारमा आश्रित छ । शुरुमा एउटा दुइटा हुन्छ पछि बढ्दै गएर सिमसार क्षेत्र पुरै डाक्छ जस्ले गर्दा माछा आफै मर्ने गरेको पनि छ । मुखिया भन्छन् ‘यो झारले पुरेको पोखरिमा जाल हान्दा मरेको माछा, र माछाको काडा मात्रपनी भेटिएको छ ’।
माछालाई अक्सिजन चाहिन्छ, मिचाहा वनस्पतिले सिमसार क्षेत्र ढाकिदा सुर्यको किरण पानीमा पर्न सक्दैन , अक्सिजन जान नसक्दा माछा मर्ने हुन्छ जस्ले गर्दा माछा खाएर बाच्ने, डल्फिन,चरा चुरुङिहरु र जलचरहरु सम्पुर्णलाइ प्रभावित पारेको कोशिटप्पु वन्यजन्तु आरक्षका का.मु प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले बताएका छन् ।
मिचाहा वनस्पतिले जैविकिय आक्रमण गरिरहेको छ । बाह्य मिचाहा वनस्पतिहरुको नकारात्मक प्रभावाबाट विश्वका धनी,गरिव,विकासोन्मुख,अल्पविकसित वा विकसित कुनैपनी राष्ट्रहरु अक्षुण्ण छनन्।
सिमसार मासिदै जानुमा मिचाहा झार प्रमुख हो, जसले सिमसार क्षेत्र पुरिदै जाँदै छ भने अर्को सिमसार क्षेत्रको छेउछाउमा छाडा चरन गर्दा गाईबस्तुको गोवर मल बढ्दै गएपछी त्यहाँ अरु मिचाहा झारलाई सहयोग पुग्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले बताएका छन् । गौतम भन्छन् ‘मिचाहा झारलाइ व्यवस्थापन गर्न निकै कठिन छ । मिचाहा वनस्पतिलाई सरसफाइमा प्राबिधिक पक्ष सहित आर्थिक पक्ष दुबै उत्तिकै खर्च हुने हुँदा यस्को नियन्त्रणमा चुनौती भएको बताएका छन्’ । जसका कारण सिमसार क्षेत्र प्रभावित बन्दै गएको छ ।
नेपालमा २९ प्रजातिका बाह्य मिचाहा वनस्पतिहरु प्राकृतिक करण भैसकेका छन् । कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा लहरे वनमारा, कुम्भिका पानीबन्दा,जल्कुम्भि प्रमुख मिचाहा वनस्पति हुन भने भेडे कुरो,सेतो चितलंगे, सेतो वनमारा,पटपटे जलजम्भु, बेसरम र कानेकाँडापनिरहेका छन् ।
कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सन् २०२२ मा ५९ प्रजातिका ७ हजार ६ सय ६४ जलपंक्षी थिए । २०२३ मा ५६ प्रजातिका ७ हजार ५ सय ७३ जलपंक्षी मात्र पाइएको छ । अघिल्लो बर्षको तुलनामा चराको प्रजाति पनि अहिले घटेको छ ।
प्रकृतिमा आहाराको कमि हुँदा मानव तथा पशुपंक्षी दुबैलाइ असर पुग्दछ । मुख्य इको प्रणालि असन्तुलित बन्न पुग्छ । प्रकृतिमा एउटा जिवको अस्तित्व सेलाउदै जादा मानव सभ्यता र मानव जिवनमा असर गर्छ । पानीमा बस्ने चरा चुरुङी संबेदनसिल हुन्छ, यिनिहरुको दैनिकिले प्रकृतिको अवस्था कता जाँदै छ, त्यो देखिन्छ । बसाइँसरी आँउने चराहरुको प्रवृत्ति र स्वास्थ्य अवस्थाले जलवायु परीवर्तनको अवस्थालाइ पनि प्रतिनिधित्व गर्ने हँुदा यसको संरक्षण जरुरी छ ।
प्रदेश १ को समग्र पर्यटन बिकाशको लागि कोशिटप्पु एउटा महत्वपुर्ण हव बन्न सक्छ । वाह्य मिचाहा वनस्पति ,मानव अतिक्रमण तथा प्राकृतिक प्रकोपका कारण यहाँका सिमसार क्षेत्र संकटमा पर्दै गएका छन् । यस तर्फ स्थानिय,स्थानिय सरकार र प्रदेश सरकारले संरक्षणका निम्ति पहल गर्नु पर्ने जरुरी देखिन्छ ।