सरला रेग्मी,सुनसरी
६७ बर्षिय एक महिलाको स्तनमा सानो बिमिरा जस्तो देखियो । शुरुमा उनले त्यसलाई खासै वास्ता गरिनन् ।तर, जब त्यो बिमिराले गिर्खाको रुप लिदै बढ्दै गयो तब मात्र उनी बिराटनगर जचाउन गइन,फायस्पी परिक्षण गरियो उनको रिपोर्ट पोजेटिभ आयो । उनको स्तन वरिपरि क्यान्सर फैलिसकेका कारण उनको उपचार सम्भब भएन क्यान्सार भएको ६ महिना नबित्दै उनको मृत्यु भयो ।
बिराटनगरकी अर्कि एक महिलाको स्तनमा छाम्दा सानो तोरीको दाना जस्तो एउटा गिर्खा भेटियो,उनी तुरुन्त उपचारको लागि भरतपुर क्यान्सर अस्पताल पुगिन । एउटा स्तन काटेर फालियो केमोथेरापी गरिन,शारिरिक,मानसिक र आर्थिक पक्षको संघर्ष पछि अहिले उनी अन्य महिला सरह स्वास्थ्य जीवन बिताइरहेकी छन् ।
क्यान्सर रोगको उपचारत्मक स्वास्थ्य विज्ञानलाई ‘अकोलोजी’ भनिन्छ । क्यान्सर रोग पुस्तैनी जिनका कारण ५ देखि १० प्रतिशत लाग्ने गर्छ भने बाँकी दैनिक जिवनका क्रियाकलाप र वातावरणमा देखिएको असन्तुलनले ९० प्रतिशत क्यान्सर हुने गरेको पाइन्छ ।
हाम्रो दैनिक जिवनमा गरिने कृयाकलापले क्यान्सर निम्त्याउने गरेको छ,भने जङफुड,पौष्टिक आहारामा कमि, सुर्ती सेवन र दैनिक बिहान र बेलुका नेपाली भान्सामा प्रयोग हुने बिषादीयुत्त खाद्यान्नले पनि क्यान्सरले भयावह रुप लिएको हो । फ्रीजमा राखिएको खाना, धुलो,धुवा बाह्य पर्यावरणमा आएको परिवर्तन, बदलिदो जीवनशैली तथा अस्वस्थ्यकर खानपान नै क्यान्सरको प्रमुख कारण मानिन्छ । मादक पदार्थको सेवन –जस्तै, खैनी, सुर्ती, पान, मसाला, विडी, चुरोट, मोटोपना, हेपाटाइटिस बी तथा एचआईभीको भाइरसका कारण, र महिलामा क्यान्सरको हुनुको कारण ः नवजात शिशुलाई आमाको दूध नखुवाउनु पनि रहेको पुर्वाञ्चल क्यान्सर अस्पताल झापा बिर्तामोडका मेडिकल डाइरेक्टर विशेषज्ञ डाक्टर बिरेन्द्र यादव बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०२० मा विश्वभर २ दशमलव ३ मिलियन महिलाहरुमा स्त्तन क्यानसर भएको थियो, भने यसका साथै ६लाख ८५ हजार को मृत्यु भएको तथ्याङ्कले देखाएको छ । सन् २०२० को अन्त्यमा ६ दशमलव ८ मिलियन महिलाहरु जिबित रहेका छन् । जसमा अन्तिम ५ वर्षमा क्यान्सर पुष्टी भएको थियो । बिगत दश वर्षको तथ्याङ्क हेर्ने हो भने स्तन क्यान्सरको दर विस्तारै बढ्दै गएको छ । नेपालको सन्दर्भमा हेर्दा स्तन क्यान्सर दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको छ । गुलोबोक्यान २०२० को तथ्याङ्कअनुसार नेपालको सन्दर्भमा, ९.६ प्रतिशत स्तन क्यान्सर दुवै महिला र पुरुषमा तेस्रो प्रमुख क्यान्सरको रुपमा रहेको देखिएको छ । त्यसैगरी ७.७ प्रतिशत व्यक्तिमा मृत्यु भएको पाईएको छ । १७.१ प्रतिशत स्तन क्यान्सर महिलाहरुमा दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको पाईएको छ। स्तन क्यान्सरको संक्रमण दर २८.८३ प्रतिशत प्रति १लाख रहेको छ । स्तन क्यान्सर लगाएत पाठेघरको क्यान्सर, नाक,कान,मुख र घाटिको क्यान्सर, फोक्सोको क्यान्सरपनी बढ्दै गएको तथ्यांकले देखाउछ ।
हरेक दिन गरीने आफ्ना दैनिक क्रियाकलापमा परिवर्तन गर्न सकियो र समयमै थाहा पाउन सकियो भने क्यान्सर रोगबाट निकोपनी हुन सकिन्छ भन्ने उदाहरण बलिउड अभिनेत्रीहरु सोनाली बेन्द्रे, मनिषा कोइरालालाई पनि लिन सबिन्छ । हाल उनीहरु क्यान्सरबाट मुक्त भएका छन्। त्यस्तै हलिउड अभिनेत्री एन्जेलिना जोली स्तन र पाठेघर दुवै क्यान्सरको खतरा देखिएको थियो । शुरुवाती चरणमै थाहा पाएकी उनले क्यान्सरबाट बच्न शल्यक्रियाबाट दुवै स्तन फालेकी थिइन् ।
विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ । शरीरमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई क्यान्सर भनिन्छ । यस रोगबाट महिला र पुरूष दुबै उत्तिकै प्रभावित हुने गरेका छन् ।
नेपालमा क्यानसर रोगिको अवस्था भयावह नै रहेको छ । हरेक बर्ष ३० देखि ३५ हजार नया क्यान्सर बिरामी थपिदै जाँदै छन् भने १५ देखि २० हजार क्यान्सर बिरामिको मृत्यु हुने गरेको छ । नेपालमा प्रविधिक पक्षबाट ९५ प्रतिशत क्यान्सर रोगिको उपचार हुने गर्छ,बिरामी छिटो अस्पताल पुगेको खण्डमा । नेपालमा क्यान्सरको उपचार सुरु भएको साढे तीन दशक भइसकेको छ । नेपाल अबुर्द रोग निवारण संस्थाले पहिलोपटक ०३९ सालमा क्यान्सरको उपचार प्रणाली भित्र्याएको थियो । उक्त संस्थाले नै ०५१ सालमा भक्तपुर क्यान्सर अस्पताल स्थापना ग¥यो । भरतपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि त्यही वर्षबाट सुरु भयो भने अहिले प्रदेश नम्बर १ को झापा बिर्तामोडमापनी पुर्वान्चल क्यान्सर अस्पताल संचालनमा रहेको छ ।
क्यानसर रोगबाट बच्नका लागि जिवनशैली परिवर्तन गर्नु नै प्रमुख देखिएको छ । दैनिक व्यायाम गर्नु, बिषादिमुत्त खाध्य सामाग्रीको प्रयोग गर्नु, स्वच्छ वातावरणको निर्माणमा सबैपक्षको ध्यान जान जरुरी देखिन्छ ।
क्यान्सर सम्बन्धी जनचेतना फैलाउन फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । यसबर्षको नारा “क्यान्सर सचेतनाका आवाजहरु वृद्धि गर्दै एक्यवद्धता” भन्ने रहेको छ ।
(केन्जो खबरले क्यान्सर दिवसको अवसर पारेर पुर्वाञ्चल क्यान्सर अस्पताल झापा बिर्तामोडका मेडिकल डाइरेक्टर विशेषज्ञ डाक्टर बिरेन्द्र यादवसँगको कुराकानिको आधारका तयार पारेको रिपोर्ट )