केन्जो खबर। १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस भनिन्छ। फेब्रुअरी ७ बाट सुरु हुने प्रणय दिवस सप्ताह व्यापी रुपमा यसलाई मनाउन थालिएको छ। फेब्रुअरी ७ देखि यो सप्ताह शुरुहुन्छ । यस सप्ताहमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे र अन्तमा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।
आज फेब्रुअरी ७ प्रणय दिवस साताको पहिलो दिन रोज डे हो। आजको दिन प्रेमीले प्रेमिकालाई गुलाफको फूल उपहार दिने चलन छ। रातो गुलाफको फूललाई प्रेमको प्रतिक मानिन्छ। मायामा परेकाहरुले कसैलाई आफ्नो प्रेम दर्शाउन पर्यो भने गाढा रातो गुलाफको फूल दिएर आफ्नो मनको भावना पोख्ने गर्छन्। फूल आफैँमा सुन्दर वस्तु हो। ढकमक्क फुलेको फूलले मनमा छुट्टै आनन्द दिलाउँछ। त्यसमा पनि गुलाफलाई प्रेमको परिभाषा बोल्ने फूलको रुपमा चित्रित गरिन्छ।
गुलाफको फूलमा पनि विभिन्न रंग हुन्छ। त्यसको पनि छुट्टै परिभाषा र मान्यता छ। अर्थात् कुन रंगको गुलाफको फूल कस्लाई दिने कस्तो समयमा कुन रंगको गुलाफ दिने आदि पर्दछन्।
हेरौं कुन रंगको गुलाफले कस्तो सम्बन्धको व्याख्या गर्छ
रातो गुलाफ; रातो गुलाब साँचो प्रेमको प्रतीक हो।
सेतो गुलाफ; शुद्धता, निर्दोषिता र बिना शर्त प्रेमको प्रतिनिधित्व गर्दछ।
पहेंलो गुलाफ ;मित्रता र खुशी व्यक्त गर्दछ।
गुलाबी रंगको गुलाफ; कोमलता, मित्रता, कृतज्ञता, साथै नयाँ सम्बन्धको सुरुवातको प्रतीक।
सुन्तला गुलाफ; ‘आकर्षण र उत्साह को प्रतिनिधित्व गर्दछ।
भ्यालेन्टाइनको समर्थक भए जस्तै नेपालको संस्कार होइन भनेर विरोध गर्नेको जमातको पनि नेपालमा कमी छैन। प्रेमलाई कुनै सीमाले नछेक्ने भनि परिभाषा गर्नेहरुले भ्यालेन्टाइन अर्थात प्रणय दिवसलाई सुन्दर दिवसको रुपमा लिन्छन ।