सरला रेग्मी ,सुनसरी
झापाको मेचिनगर नगरपालिका वाड नम्बर ४ वातावरणमैत्री र उत्पादनमुखी वडा बन्दै गएको छ । वडाका बालबालिकालाई वन्यजन्तु तथा पशुपक्षीको संरक्षक बनाउनका हेतु,वडामा ‘गुलेली ल्याउने कपि कलम लैजाने’ नियम बनाइएको वडाध्यक्ष अर्जुन कार्किले बताएका छन् ।
कोभिडको समयमा कार्किले कोभिड बारे सचेतना अभियानको क्रममा बिद्यालय बन्द भएको बेला बालबालिकाले गुलेली लिएर चराचुरुङी मारेको देखे । त्यहीँबाट ‘गुलेली लिने कपि कलम दिने’ अभियान संचालन गरेका थिए ।
पहिलाको तुलनामा चरा चुरुङिको वासस्थान घट्दै गैरहेको छ । आहाराको लागि हात्ती,चराचुरुङ्गी,बादर जस्ता पशुपक्षी बस्ती पस्न थालेका छन्, उनिहरुको संरक्षण गर्नुपर्ने अवस्था हामी माझ आएको छ ।जंगली जनवारहरुको अस्तित्व बाचे मानव अस्तित्व बाच्छ समाजलाई प्राणिमैत्री बनाउनु अहिलेको मुख्य चुनौती रहेको छ ।
कार्की भन्छन्– ‘पशुपक्षिको संरक्षण गर्नु एउटा पाटो भएपनी हामी भारत सिमाना नजिकमा बस्छौ, आज चरा मार्न सिक्ने बालबालिका भोलि गलतबाटो नजालान भन्न सकिन्न ,आज गुलेलिको प्रयोग गर्लान,यो हात्ती आउने क्षेत्र भएका कारण,भोलि हात्ति मार्लान हात्तिको दाह्रा बेच्लान कुबाटो तिर जान भनेर निरुत्साहित गर्नका लागि प्रोत्साहन स्वरुप पठनपाठनका सामाग्री बितरण गरिएको हो ’।
अभियानका रुपमा संचालन गर्दा साहारा नेपालकी लेखा अधिकृत अप्रेक्षा कार्किले आर्थिक सहयोग गरेकी थिइन् ।तर, व्यक्तिगत खर्चले शुरूवात गरेको उत्त कार्यक्रम अहिले वडाले नै गर्ने निर्णय गरेको वडाध्यक्ष कार्की बताउछन् । २३ वटा गुलेली इलाका प्रहरी कार्यलय काँकडभिट्टालाई जिम्मा लगाइसकेका छन् भने, उत्त कार्यक्रममा बिधार्थि,अभिभावकको सकारात्मक सहयोग रहेको कार्की बताउछन् ।
उत्पादनमुखी
झापाको मेचीनगर नगरपालिका वाड नम्बर ४ ले वडालाई उत्पादनमुखी बनाउनको लागि उत्त क्षेत्रमा वनभोज खान आँउनेले वडामै उत्पादित वस्तु खरीद गर्नु पर्ने नियमपनी बनाएको छ।
बाहुनडाँगी क्षेत्रमा वनभोजको लागि करिब १२ स्थल छन् ।वनभोज खाने सिजनमा यस क्षेत्रमा पारी भारत तथा नेपालबाट हजारौको संख्यामा वनभोज खान आउने गर्छन । वनभोज खान आउनेहरूले त्यहीँंका किसानले उत्पादन गरेका स्थानियवस्तुको खरीद गरी प्रयोग गर्नुपर्ने नियम वडा कार्यालयले बनाएको वडाध्यक्ष कार्की बताउँछन ।
वनभोज खान आँउने मान्छे सुन्दर,स्वच्छ, पानी बग्ने, झरना तथा रमणीय स्थल खोज्ने गर्छन् । जब वनभोजको लागि त्यस स्थल जान्छन्, वनभोज खाइसकेपछी त्यो स्थल त्यत्तिकै फोहोर छोडेर गैरहेको अवस्थामा वडाका वासिलाइ उत्साहित रुपमा सहभागी गराउन तथा वडा बासिको आयआर्जन बढाउन उक्त निर्णय गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन् ।
वडाध्यक्ष कार्की भन्छन् “सीमापारि (भारत)बाटै खाद्यान्न, सरसामान लिएर आउँदा गाउँका मान्छे आगन्तुक प्रती उत्साहित हुनै सकेनन्। वनभोज खाए भन्ने भन्दा अर्को खुशी मिल्न सकेन्” । त्यहीँ भएर यस क्षेत्रमा वनभोज खान आँउनेलाई यहींँको उत्पादन किन्नुपर्ने नियम बनाएको हो ।
“प्रकृति र संस्कृति ,पर्यटनकालागीे सम्पत्ति हो” । छिमेकी मुलुक सिलिगुडीका आगन्तुक गाउँमा आएर रमाउछन् । स्थानीय उत्पादन किसानको बारीमै गएर छानीछानी खरीद गर्दा तथा खाली हात आएर स्थानीय उत्पादन स्थानीय स्वादमा वनभोज समेत गर्दा उनिहरुले फरक अनुभुति गरेको कार्की बताउछन् ।
उनि भन्छन्–यसले गर्दा स्थानीयको व्यापार बढ्ने र जीविका चल्नेमात्र होइन वनभोज खान आउनेले स्थानिय उत्पादन अर्गानिक खानेकुरा खान पनि पाउने भए । आर्थिक लाभ त छदैछ, यहाँको संस्कार पनि सिक्ने छन् ।
वनभोज खान आँउनेहरूले स्थानीय किसानबाट नै तरकारी‚ खाद्यन्न‚ खानेतेल वनभोजका लागि आवस्यक सामाग्री किन्नुपर्नेछ ।“मासुका लागि खसी डोर्याएर ल्याउनु पर्दैन,स्थानियले पालेकै खसी, कुखुरा,माछा वडाका किसानको घरबाट किन्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो ।
वनभोज खान आँउनेको सहजताका लागि खाद्यान्न मात्र होइन भाडाकुडा देखि भान्से सम्मको व्यवस्था र वातावरण मैत्री बनाउन प्लास्टिकका सामाग्री प्रयोगमा बन्देज लगाएको हो । यसो गर्दा फोहिरको मात्रा घटाउन सकिने र वडा वातावरण मैत्री बनाउन सकिने कार्की बताउछन् ।
वडालाई वातावरणमैत्री बनाउन,वडाले प्यास्टिकको कुर्सी कार्यलयमा बन्देज गरेको छ भने,स्थानिय उत्पादनलाई प्रत्साहन गर्न स्थानियले बनाएको गुन्द्री प्रयोग गरेको छ ।