सरला रेग्मी
हेर्ने घुम्नेलाई सुन्दर लाग्ने यी हिमाल, पहाड, कुहिरोको दृष्य सुन्दर लाग्छन् तर जो त्यो परिवेशमा जीवन व्यतित गर्छन, असली दृश्य त तिनले देखेका हुन्छन् । तर यिनै डाँडापाखामा डुलेर त्यहाँको जनजिवनलाई शब्दमा उतारेर गाउँको बिकटताको दृष्य देखाउन निकै कम छौ । नेपालको पुर्वी पहाडि जिल्ला पाँचथरमा बसेर पत्रकारिता गरिरहेका गिरिराज बाँस्कोटा ‘कंञ्चनजङ्घाको काखबाट’ नामक पुस्तकले यस्ता विभिन्न दृष्य देखाएको छ ।
झोला बोकेर विन्दास हिड्नेमान्छेको डायरी हो यो किताब । उनका पैतालालले धेरै ठाँउको जमिन टेक्दा पक्कै पनि दुखः, सुख धेरै भए होला । ठुलो अभिलाषा नभएको उनको पुस्तक भित्र भेटिन्छन् । झोला, क्यामेरा बोकेर निस्किएका यि यात्रीले खर्च जोहो कसरी गरे, जीन्दगीको अभिष्ट के हो भन्ने त फरक होला तर यो पुस्तकमा अनेकन ठाँउलाई आफ्नो अनुभव सहित चिनाएका छन् ।
पहिलो पुस्तक गतबर्षमा प्रकाशन गरेका थिए । २७ कबिता रहेको ‘ढुङ्गाको प्रेम’ पढ्ने पाठकले लेखकलाई हृदय कठोर भएको लेखक हो कि भने झै गरेका थिए । ढुङ्गालाई प्रेमगर्ने लेखकले खासमा प्राृकतिलाई प्रेम गरेका रहेछन् । जब कञ्चनजङ्घाको काखबाट आयो। उनी मात्र एक प्रेमिकाका मात्र सिमित प्रेमी होइनन् उनी त अनेक प्रकृतिमा प्रेमि, गाउँको भौगोलिक परिवेशको भोगाइप्रती तृप्त देखिए ।
बाँस्कोटाको जन्मघरबाट कञ्चनजङ्घा लगायतका हिमाल देखिन्छन् । सामान्य बुझ्ने र चिन्नेले उनले चिनेको कञ्चनजङ्घा हिमशृखलाको बर्णन हो भन्नेपनि बुझ्लान । तर पुस्तकमा यस्तो छैन् ।
उनले साथीहरुसँग मोटरसाईकलमा मध्यपहाडीका जिल्ला यात्रा गरे । पुषको जाडोमा ११ जना टोलीसहित पुष्पलाल (मध्यपहाडी) लोकमार्गको यात्राका अनुभव संगालेका छन् । पाँचथरको याङ्वरक गाउँपालिकाको चिवाभज्याङदेखि बैतडीको झुलाघाटसम्म यात्रा गरेको अनुभव सङ्गालेका छन् । ‘कञ्चनजङ्घाको काखबाट’ फगत एउटा पुस्तक मात्र होइन, यसले नेपालका विभिन्न गाउँको भौगोलिक कथा बोकेको छ । हेर्ने, घुम्नेलाई सुन्दर लाग्ने हिमाल,पहाड कुहिरोको दृश्य सुन्दर लाग्छन् तर जो त्यो परिवेशमा जीवन व्यतित गर्छन,असली दृष्यत तिनले देखेका हुन्छन् भन्ने बिम्ब उनले पुस्तकमा भेटिन्छन् ।
उनको मध्यपहाडी जिल्लाको यात्राको म प्रत्यक्ष सहभागी होइन तर यो यात्रामा भोगेका दुखः सुख, हिउँमा साथी लडेको कयाँै किस्सा कफि खादा सुनेको थिए । ती हासो मजाकका किस्सापनि एउटा पुस्तकको रोचक अध्याय हुनसक्ने रहेछ भन्ने लेखकले प्रमाणित गरेका छन् । घुमन्तेका मौन दृश्यपनी कितावका पानामा सजिएर आँउदा पक्कै पनि सुन्दर लाग्ने रहेछ ।
फरक राजनैतिक धारका व्यक्ती, कर्मचारी र पत्रकार मन मिल्ने साथीहरूको समूह बनाएर यात्रामा निस्कीनु आफैमा सन्देश पनि हो ।
पहाडैपहाड पुर्व– पश्चिम यात्रामा उनले २६ जिल्लाको यात्रा गरेको उल्लेख गरेका छन् भने । एक हजार आठ सय ७९ किलोमिटर मोटरसाइकलमा यात्रा गरेको बताएका छन् । किताब पढ्नेलाइ आफै पुगे झै गरि भेटिएका पात्र,त्यँहाको जनजिवनलाई दुरुस्त उतारेका छन् । शब्दमात्र नभई रङ्गीन तस्वीरको कोलाज भेटिन्छ ।
मोटरसाइकल यात्रामा पाएको दुखः लेखेका छन् । यात्रामा भोगेको सकस चित्रमा देखिन्छ । पश्चिमको आत्मीय स्वागतमा पूर्वको सिलाम साक्मा साट्न नपाएको थकथक उनी सम्झन्छन । पुर्व र पश्चिमलाइ कति मिठास गरि जोडेका छन् । रुकुम पश्चिमको दाउरा जोहो पनि देखाएका छन् । उनले पुर्व ओलाङ्चुङोला बासिको चीन नाका बन्दको पीडापनी देखाएका छन् । बाँस्कोटाको पुस्तक पढ्दै जादा चित्रपनी भेटिन्छ । देश हेर्ने हुटहुटिले निस्केका दौतरिको दुखः सुखः दुबै कथा भेटिन्छ ।
तेह्रथुमको ढाका बुन्नेको कथा, चिन नाका बन्द हुँदा गलैंचा बजार पु¥याएको नोक्सान, कान्छो जिल्ला पुर्वी रुकुमको रुकुमकोटमा ४ घण्टा लगाएर सुन्तला बेच्न आउनेको अनुभव पनि सुनाएका छन् ।
छ वटा मोटरसाइकलमा ११ जनाले नेपाली झण्डा फैराउदै पुर्व पश्चिमको रोचक यात्राले पढ्दा रोमान्चीत भईन्छ ।
पुष्पलाल (मध्य पहाडी) लोकमार्ग छेउछाउका गाउँहरू घुम्दा उनले त्यहाँको जनजीवनको दृश्य पुस्तकमा भेटिन्छ । युवालाई देश हेर्ने हुटहुटीले कठिन यात्रामा हिंडाएको छ ,जब यात्रा सकिन्छ सम्झनापनी त उस्तै मिठास हुने झल्किल्छ पुस्तकमा ।
यात्रा गर्नेलाइ त कठिन छ त्यँहीको जनजिवन कस्तो होला भन्ने कल्पना गर्न सक्ने बनाउछ पुस्तकले । देशको भौगोलिकता झल्काउछ, जहाँ उनी घुमे । उनले पुस्तकमा यात्रा भरका वृतान्त मात्रै दिएका छैनन् पुर्वी नेपालिलाइ पश्चिम नेपालका पाठक माझ चिनाएका छन् । पश्चिम नेपाललाई पुर्वको नेपाली गाउँहरूमा लुकेर बसेका पर्यटकीय, धार्मिक, साँस्कृतिक, प्राकृतिक सम्पदाहरूलाई पनि कलात्मक रुपमा शब्दमा उतारेका छन् ।
पुस्तकको आवरण ‘कञ्चनजङ्घाको काखबाट’ शिर्षकबाट राखिएको छ । यो यात्रा कोभिड चलिरहेको बेला गरेका रहेछन् । यहाँ झनै रोचकता भेटिन्छ । थकित यात्रीले गतब्य पुग्दाको खुसी पुस्तकमा भेटिन्छ । घामको पहिलो झुल्को हिमालमा पुगेको दृश्य देख्दा लेखक जसरी लोभिएका छन्, पाठकलाई त्यो दृश्य देखाउन हिमालको अनेकल स्वरुपको चित्र प्रस्तुत गरेर पाठकलाई मोहित पारेका छन् ।
उनले रेडपाण्डासँग रमाएका छन् । दुर्लभ रेडपाण्डाको फोटोखिच्न जादा नदेखिने हो अन्योलता क्षण र देख्दा खेरीको पल शब्द चित्रमा उतारेका छन् ।
पूर्वको चर्चित तिम्बु पोखरीको प्रचारमा लेखको ठुलो योगदान छ । पत्रकारिताको माध्यमबाट यो क्षेत्रलाई चिनाउन विगतमा उनले निक्कै प्रयास गरेको पाईन्छ ।
पुस्तकमा अर्गानिक तिम्बुपोखरीमा घामको चुम्बन, कुहिरो र घामको लुकामारीको ब्याख्या पढ्ला लाग्छ लेखक त्यतै कतै दुङाको टाकुरामा बसेर लेखेका हुन् । ४ हजार फिटको डाँडामा फुलेको केन्जो (पदमचाल)को बयान गरेका छन् । उनले पुस्तकमा भन्दीए ‘केन्जो करिश्मा’ । केन्जो आफैमा मोहित तुल्याउने वनस्पती हो ।
तेह्रथुमको ढाकादेखि धनकुटा हिलेको तोङ्वा सुकुटीले स्वाद पश्चिमका पाठकले पाउने छन् ।
गोरखा, पोखरा, बागलुङको बुर्तिबाङलगायतका हिउँ र हिलाम्य सडकका व्यथालाई पनि पुर्वले महसुस गर्नेगरी लेखेका छन् । भोजपुरको होमस्टे, खोटाङको हलेसीधाम, सिन्धुपाल्चोकको सुन्दरता, माइपोखरीको निम्तो, पानीटारको सुन्दरता सहितका सामग्रीले पुस्तक थप ओझिलो बनेको छ । पानीटारदेखि श्री अन्तुपुग्दा जीवनलाई, प्रेमलाई सम्झिएका छन् । लेखक भावुक बनेका छन् ।एक सय ६४ पृष्ठको पुस्तकमा २० बिषय रहेका छन् ।
ओलाङ्चुङ गोला हुँदै टिप्तलाको यात्राको अत्यन्तै महत्वपूर्ण क्षण कैद गरेका छन् । ओलाङ्चुङ बासिको पीडा सरकार समक्ष पुर्याउने शब्द कोरेका छन् । फक्तालुङ यात्राको क्रममा देखिएका गाउँ चित्रमा र भेटिएका मान्छे शब्द मार्फत पाठक माझ पुर्याउन सफल भएका छन् ।यात्रामा उत्साह र अलमल दुबै हुन्छ यहाँ लेखकलाई पनि भएको छ ।
पुर्वको प्रसिद्ध धाम पाथिभरा मन्दिर, इलामको चियाबगान, छिन्तापु, सन्दकपुर आसपासका होमस्टेका रमाइला कथाहरू बुनिएको छ । चौरी डुलाउने भुइँमान्छेको कथा सुनाएका छन् । घामको पहिलो झुल्किने श्रीअन्तुको यात्रा, तितेमाछाको पर्खाइमा बस्नेको कथा र सरकारको नजर नपुगेको बर्मे गाउँको व्यथालाई पनि पुस्तकमा स्थान दिएका छन् । पाठकलाई पुस्तक मार्फत पुर्व देखिपश्चिम डुलाएका छन् । लाग्छ लेखकले हिमालकै काखमा बसेर हिउँको मसिले कुहिरोको पानामा यात्रालाई शब्द चित्रमा उतारेका छन् ।