सुनसरी । प्रथम इनरुवा उत्सवको अवसर पारेर नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा चलचित्र महोत्सव हुँदै छ । फागुन ७ गतेबाट सुरुभएको चलचित्र महोत्सवमा आज ( मंगलबार) नेपाल पत्रकार महासंघका केन्दिय सदस्य भिसन राईले पनि आफ्नो दोस्रो चलचित्र कोसि ब्लुज प्रदर्शन गरेका हुन् ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना र इनरुवा नगरपालिकाको संयोजनमा प्रदेश १ भरी निर्माण भएको सिनेमा चलचित्र महोत्सवमा प्रदर्शन भएका छन्। सुनसरीको सदरमुकाम इनरुवाको सिबि हलमा प्रदर्शन गरेको चलचित्रहरु प्रदेश १ भरीका संखुवासभा देखि झापा सम्मका स्थान तथा चलचित्रलाई देखाइएको छ । चलचित्र महोत्सवमा मैथली,आदिवासी जनजाती ,तामाङ तथा नेपाली भाषाका चलचित्र प्रदर्शन गरेको छ ।
राईको चलचित्र कोसि ब्लुज सुनसरिको चतरा कोसि पुल आसपासमा छायांकन गरिएको छ । उत्त कोसि ब्लुज चलचित्रले अहिलेको समाजको चित्रण गरेको देखाएका छन् । एउटी युवतिको अस्ट्रेलिया जाने चाहाना हुन्छ । त्यहीँ चाहाना पूरा गर्न उनले हरेक युवकसँग प्रेम सम्बन्ध बनाएकी हुन्छिन् । उनको वास्तविकता थाहापाएपछी उनको हत्या भएको घटनालाई सस्पेन्स ढङ्गबाट प्रस्तुत गर्न निर्देशक राई सफल भएका छन् ।
अहिले युवा जमातमा अस्ट्रेलिया जाने ट्रेण्ड छ,उक्त ट्रेण्डले गर्दा आर्थिक अवस्था कमजोर भएका युवाले पैसाको जोहो गर्न नसक्दा आफ्ना जिवनमा भएका सम्बन्धका पात्रलाई कसरी प्रयोग गर्छन् देखाएको छ । उत्त चलचित्रले सजाय भन्दा पनि आफुले आफुमा गर्ने पश्चाताप मुख्य कुरा हो देखाउन खोजेको राई बताउछन् । चलचित्रमा स्थानिय कलाकार बादल श्रेष्ठ,बारात लिम्बू,इश्वर गुरुङ र सृष्टि किराती लगाएतको भुमिका उत्कृष्ट रहेको छ ।
३३ मिनेटको चलचित्र बनाउन करिब ५लाख लगानी भएको लेखक तथा निर्देशक भिसन राईले बताएका छन् । यस चलचित्र महोत्सवमा जम्मा १८ वटा लामा तथा छोटा चलचित्र प्रदर्शन गर्ने भएको छ । भोलिसम्म प्रदर्शन हुने चलचित्र महोत्सव प्रदेश १ मा पहिलो पटक भएको हो । चलचित्र हेर्न सिबि हलमा उलेख्य दर्शकको उपस्थित थियो ।