पाँचथर– फिदिम नगरपालीका–७ मा रहेको रानीटार माध्यमिक विद्यालयले केहि दिन अगाडी गरेको सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा विद्यार्थीहरुले विभिन्न जातजातीमा आधारीत सास्कृतिक नृत्य प्रस्तुत गरे ।
विभिन्न संस्कृति झल्काउने प्रस्तुतीका क्रममा विद्यार्थीहरु परम्परागत पोशाकमा सजिएका थिए । योत उनीहरुको विद्यालय पोशाक रहेछ ।
विद्यालयका प्रध्यानाध्यपक भक्त बहादुर राईका अनुसार विद्यार्थी तथा शिक्षकले सोमबार र बिहिवार सम्बन्धीत जातजातीमा आधारीत परम्परागत पोशाक लगाएर आउनु पर्ने नियम बनाईएको छ ।
अरु दिन सट, पेन्ट, सटफ्रक लगाएर आँउने विद्यार्थी यि दुईबार आफ्नो भने सांस्कृतिक पोशाक लगाएर आउन थालेका छन् । केहि महिना देखि सोमबार र बुधवारलाई सास्कृतिक पोशाक अनिवार्य गरिएको राईले जानकारी दिए ।
विभिन्न जातजातीको परम्परागत संस्कृतीमा आधारीत पोशाकमा सजिएका लामबद्ध भएर विद्यालयका विद्यार्थीहरु भेटिन्छन् । विद्यार्थीहरुले उक्त कार्यक्रममा साकेला, सेलो, संगीनि, केलाङ, गुरुङ संस्कृतीमा आधारीत नृत्य प्रस्तुत गरेका थिए । यतिमात्र होईन परम्परागत सांस्कृतिक पोशाकमा सजिएर विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । उनीहरुलाई नृत्य लगायतका सास्कृतिक प्रस्तुती विद्यालयमानै सिकाईएको राईले जानकारी दिए ।
विद्यालयको सेवा क्षेत्रमा लिम्बु, बाउन क्षेत्री, राई, गुरुङ, तामाङ, शेर्पा लगायतका जातजातीको बढि बसोबास रहेको छ । परम्परागत संस्कृतिक पुस्तान्तरण तथा विद्यालय स्तरबाटै सस्कृति संरक्षणमा जोड दिइएको राईले जानकारी दिए ।
त्यसो त पोशाकले अभिभावकलाई भार परेको भन्ने कुरापनि उठेका थिए ।
सांस्कृतिक पोशाक किन्न नसक्ने परिवारका विद्यार्थीलाई सहयोग पनि गरिएको राईले बताए ।फराकिलो टारमा विद्यालय छ । हिमाल नजिकै देखिन्छ । सुन्दर ठाँउमा रहेको विद्यालयमा सांस्कृतिक रुपमा पनि अब्बलता ल्याउन खोजीएको बताईन्छ । परम्परागत संस्कृतिलाई पुस्तान्तरण तथा विद्यार्थीलाई ज्ञान वृद्धि गर्न खोजीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक गुरुङले बताए ।
विद्यालयमा घरेलु प्रयोजनका पुराना सामाग्रि समेत संग्रहित गरेर राखिएको छ । ‘मिनि संग्राहलय’ भनेर विगतमा प्रयोगमा आएका तर अहिले हराउँदै गएका समाग्रि समेत राखिएको छ । बाँसका, काठका पुराना सामाग्रि, पोशकसमेत राखिएको छ । घरेलु प्रयोगका सामाग्रि बढि रहेका छन् ।