सरला रेग्मी
धरान । २३ औँ बुढासुब्बा गोल्डकप भोलिबाट शुरुहुदै छ । फागुन १३ देखि २० गते सम्म धरान रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
बि.स २०५५ सालबाट शुरुवात गरेको धरान फुटबल कल्बले गोल्डकपको २३ औं सस्करणको तयारी भव्य गर्दै छ ।बुढासुब्बा गोल्डकप केन्द्रिय राजधानी बाहिरको पहिलो अन्तर्राष्ट्रिय गोल्डकप हो ।
२३ औं बुढासुब्बा गोल्डकपको १३ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल कल्ब धरान र भारत खर्साङ युके एफसिबीच भिडन्त हुनेछ । १४ गतेको खेलमा बागमती युवा कल्ब सर्लाहिसँग एभिनर फुटबल कल्ब कमेरूनले भिड्नेछ ।
१५ गते नै हुने खेलमा के.एफ.टि.सि झापा र नेपाल पुलिस कल्ब काठमाडौंको भिडन्त हुने भएको छ । त्यस्तै गरी १६ गते हुने खेलमा एनफा मोरङसँग के.बि.पि.एस बाङ्लादेश भिड्नेछ । प्रतियोगिताको पहिलो सेमि फाइनल खेल १७ गते र दोस्रो सेमि फाइनल खेल १८ गते हुने र फाइनल खेल फागुन २० गते हुने तालिका सार्वजनिक भएको छ । खेल दिनको २ बजेदेखि सुरु हुने छ ।
दुई बर्ष हुन नसकेको यो प्रतियोगिता, कोरोनापछीको यो पहिलो पटक हुँदै छ । धरान रंगशालाको देब्रेपट्टी संचालन हुँदै गरेको धरान एक्पोले समेत गोल्डकप हेर्न आउने दर्शकलाई थप रोमान्चित बनाउने आयोजकले बताएका छन् ।
धरान उपमहानगरपालिकाको संयोजन रहेको गोल्डकपमा १ करोड ९ लाख आम्दानी हुने र ७९ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । गोल्डकपको बिजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैया पाउने छन् । आयोजक टिम सहित बुढासुब्बा गोल्डकपमा ८ टिम मैदानमा उत्रिने भएको धरान फुटबल कल्बका अध्यक्ष किशोर राईले केन्जो खबरलाई बताएका छन् ।