पाँचथर । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञावालीले पछिल्लो समय बैदेशिक चलखेल बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । आसन्न राष्ट्रपनि निर्वाचनको सन्र्दभमा शक्तिराष्ट्रहरुले चलखेल गरेको उनको भनाई रहेको छ ।
नेकपा (एमाले) पाँचथरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई अस्थीरतामा लैजानका लागि विदेश शक्तिको चलखेल बढेको उनको भनाई थियो ।कुनै शक्ति राष्ट्रसँग नजिक र कुनैराष्ट्रसँग टाढा हुन खोज्नु नहुने उनको भनाई थियो ।
सरकार निर्माणका क्रममा बनाईएका समझदारी नेकपा (माओवादी) आफै अग्रसर भएर भत्काउन खोजीएको उनको भनाई थियो ।
‘प्रचण्डलाई एमालले रेस्क्यु गरेको थियो । प्रचण्ड अफ्ठ्यारोमा हुनुहुन्थ्यो ।
नेकपा एमालले उहाँलाई आफ्ठ्यारोबाट बाहिर ल्याएको थियो । नेपाली कांग्रेसले विश्वासको मत दिने वित्तिकै उहाँले स्वर बद्लनु भयो । राष्ट्रपतिमा एमालेको उम्मेद्वार हुँदैन भन्न थाल्नु भयो’ ज्ञावालीले भने ‘हामी छलफलमा छौँ । एमालेकै नेता वा वाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुरामा छलफल भईरहेको छ । भोली बिहानको बैठकले निर्णय गर्छौ ।’