पाँचथर– तेह्थुमको आठराई गाँउपालीका–६ चुहानडाँडाको हातिखर्क भन्ने ठाँउमा शुक्रबार दिउँसोदेखि लागेको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् । गाँउपालीका अध्यक्ष दिलकुमार पाहिमका अनुसार १४ घरले जलेर नष्ट भएका छन् ।
यि मध्ये ९ घरमा बसोबास भईरहेको थियो भने बाँकि चार घर खाली थिए । जंगलमा लागेको आगो गाँउमा पस्दा ठुलो क्षती हुन पुगेको हो । हातिखर्कतर्फको बस्तीमा आगो नियन्त्रणमा आएपनि जंगलमा लागिरहेको अध्यक्ष पाहिमले जानकारी दिए ।
थोक्लुङ भन्ने बस्ती तर्फ आगो फैलिने सम्भावना रहेको स्थानीय बताएका छन् । फिदिमबाट दमकल पुगेपनि बाटोका कारण गाँउमा जान सकेको छैन् । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको आगलागी नियन्त्रण गर्ने प्रयास असफल भईरहेको छ ।
आगलागीका कारण ठुलो संख्यामा पशु, चौपाया जलेको अनुमान गरीएको छ । सुख्खाका कारण समस्या भएको छ । पानीको अभाव रहेको छ । हाव चलिरहेकाले आसपासका बासिन्दा चिन्तीत छन् । घोडेटार सामुदायिक बनबाट आगो बस्तीमा आएको हो । आगालागी नियन्त्रणका लागि गाँउलेहरुले गरिरहेको प्रयास सफल हुन सकिरहेको छैन् ।