सुनसरी ।धरानमा शनिबारबाट सुरु भएको २३ औं बुढासुब्बा गोल्डकपमा धरान फुटबल क्लब पहिलो खेलमै पाहुना टोलिसँग पराजित भएको छ ।
धरान रङशालामा शनिबार भएको उद्घाटन खेलमा भारत खर्साङको युकेएफसी सँग पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित हुँदै आयोजक पहिलो खेलमै निराश बनेको हो ।
दुबै पक्षले पाएका अवसर गुमाउदा निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको नजिजा पेनाल्टी सुटबाट लिइएको हो ।
भोलि फागुन १४ गते आइतबार हुने दोस्रो खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुनेछ । खेल दिउँसो २ बजे शुरुहुने आयोजकले बताएको छ ।