देशसभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश १ ले ‘सरप्राइज’ दिने तयारी गरेको छ ।
पटक-पटक नामकरणको विषयमा आलोचना खेप्दै आएको प्रदेश १ ले नामकरण आजै टुङ्ग्याउने गरी दलहरूले तयारी तीव्र पारेका हुन् ।
सत्ता फेरबदलको चक्करमा समेत संसद्मा उपलब्ध दलका नेताहरू केही समयदेखि नामकरणको विषयमा छलफलमा थिए । त्यही छलफलले आज मूर्त रूप पाउन सक्ने नेकपा एमालेका एक सांसदले बताए ।
‘नेताहरू अगाडिदेखि नै छलफलमा हुनुहुँदो रहेछ । हिजोदेखि हाम्रो संसदीय दलको बैठक पनि बसिरहेको छ,’ संसदीय दलको बैठकमा रहेका एमालेका एक सांसदले भने, ‘आज कुनै दुर्घटना नभए प्रदेश १ ले नाम पाउँछ ।’
प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।