सुनसरी। २३अौ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर प्रवेश गरेको छ । आज बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा यु.के.एफ.सी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा आफुलाइ सुरक्षित गरेको छ ।
धरान रंगशालामा भएको खेलमा काँकडभिट्टाका लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरेका थिए । युकेएफसीका हेमराज भुजेलले १ गोल गरेका थिए। भोलि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेता पछि काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा कोसँग खेल्ने थाहाहुनेछ।
गोल्डकपको फाइनल खेल आगामी शनिवार धरान१६ स्थित रंगशालामा हुनेछ।