विराटनगर । प्रदेश नम्बर १ को प्रस्तावित नाममाथि संशोधन प्रस्ताव दर्ता गराउन प्रदेश सभाको बैठक दुई घण्टा स्थगित भएको छ ।
दर्ता भएको कोसी प्रदेशको नामको विषयमा सैद्धान्तिक छलफल सकिएसँगै सभामुख बाबुराम गौतमले संशोधनको समय दिएर दुई घण्टाका लागि सभा स्थगन गरेका हुन् ।
प्रदेशको नाम राख्न दुई प्रस्ताव दर्ता भएकोमा सभाले एमालेका सांसद रामबहादुर मगरले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले किराँत–लिम्बुवान–सगरमाथा नाम राख्न दर्ता गराएको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
अब दलका तर्फबाट संशोधनको प्रस्ताव हाल्न सक्नेछन् । दुई घण्टापछि मत विभाजनको आधारमा आजै प्रदेश सभाबाट प्रदेश एकले नाम प्राप्त गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताएका छन् । साभार बार्हखरी