सरला रेग्मी
धरान । धरान १५ कि बिमला आफ्नो छोराछोरीलाई लिएर धरान एक्पो पुगिन । छोरिले पानीपुरी र छोराले बबल्स टि खाने भने, ६ ओटा पानीपुरीको उनले १ सय रुपैया तिरिन,जबकी बाहिर ४० रुपैयामा पाइन्छ । छोरोलाई बबल्स टि किनिदिएको ३ सय तिरिन,बाहिर क्याफेमा खाने हुँदा त्यस्को मुल्य १ सय ५० मात्र पर्छ । त्यसपछी छोरोछोरीलाई थपक्क बाहिर निकालिन र बाहिर नै खाजा खुवाउछु भनेर छोरीलाई फकाइन ।
उनले केन्जो खबरसंग कुरा गर्दै भनिन् ुयस्तो एक्पोमा त बाहिर भन्दा अलि कम मुल्य भए पो आँउन मन लाग्छ,बाहिर भन्दा अझै महँगो हुँदा त किन यत्रो भाडा तिरेर,टिकेट काटेर आँउनुुरु
पूर्वको व्यवासायीता तथा आर्थिक पर्यटन प्रर्वद्धनका लागि सुनसरी उद्योग बणिज्य संघ धरानले फागुन ११ गतेदेखि धरान एक्पो आयोजना गरिरहेको छ । धरान एक्स्पोमा १ सय २३ वटा स्टल राखिएको छ । जहाँ स्थानिय उत्पादन राखिएको छ । खाजा,चिया कफि,चिसोका स्टलहरुपनी छन् । सबै स्टलमा राखिएका सबै सामाग्री महङ्गो होइन तर खानेकुरा चै बाहिर नै सस्तो भएको धरान १७ कि एक महिलाले बताइन् ।
फागुन २० गतेसम्म चल्ने एक्पोमा सिजनल फुल नर्सरी भन्दा अलि सस्तो भएको एक उपभोक्ताले बताइन् । फुल व्यपारी भन्छिन् स्टल नै महङो रकम तिरेका छौँ ,सिजनल फुल फुल्न छोडेपछी बिक्रि नै हुँदैन अब त एक्पो पनि सकिन लाग्यो,फर्काएर लैजानु भन्दा कम मुल्यमा नै दिएको उनले बताएइन । हरेक दिन साझ सांस्कृतिक कार्यक्रम हुन्छ भने खाध्यन्नका स्थानिय उत्पादन देखि फुल, प्लास्टिकका भाडाकुडा, हस्तकलाका सामाग्री, सांस्कृतिक झल्काउने विभिन्न बस्तुहरु यहाँ देख्न सकिन्छ । धरान १६ स्थित रंगशालासाला नजिक संचालन भएको एक्पो फागुन २० गतेसम्म आयोजना गर्न लागेको हो । धरान एक्पोमा स्थानिय साना साना व्यवसाय र उद्योगको प्रवर्धन गर्नका हेतु धरान एक्पो संचालन गरिएको हो ।
उद्योग बाणिज्य संघले आफ्नो प्रेस बिज्ञप्तिमा भनेको छ सुपथ मुल्यमा उपभोक्ताले खरिद गर्न पाउने छन् तर भित्र त्यस्तो देखिएन । ूबाहिर पाउने जुलेबी ४ सय रुपैया केजि र भित्र ५ सय रुपैया केजि को गुनासो आएपछी त्यसलाई तुरुन्त कार्वाही गरौंू , धरान एक्पोका संयोजक गोपाल श्रेष्ठले बताए । उनले भने ुअन्य गुनासो चै सुनेका छैनौ यदि तेस्तो भए भोलि नै गुनासो मेट्ने प्रयास गर्नेछौु ।
३ बर्षपछी आयोजना भएको धरान एक्स्पोले प्रदेश नम्बर १ को सबै स्थानिय तह,मोरङ,झापा,इलाम,उदयपुर,धनकुटा तेह्रथुम,संखुवासभा, भोजपुर लगाएत छिमेकी मुलुक भारत नजिकका शहरबाटपनी व्यापार ब्यवसायाका मानिस आएका छन् । दैनिक ८ देखि १० हजारको हाराहारिमा मानिसको उपस्थिती रहेको श्रेष्ठले केन्जो खबरलाई बताएका छन् । धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सञ्चालन ल्याएको भएपनी हावाहुरीको कारण स्टलमा १० लाख बढिको क्षतिपनी धरान एक्पोले बेहोरी सकेको छ। एक्पोमा प्रदेश १ मा रहेका कोशिटप्पुको अर्ना देखि सगरमाथा,विभिन्न धार्मिक प्रतिमा देखि थारु पोशाकसम्म एकै ठाउँमा देख्न सकिने छ । धरान एक्स्पोमा हरेक साझ सांस्कृतिक कार्यक्रमले एक्स्पोको रौनता बढाएको छ । धरान एक्पोको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।