धरान । आज भएको बुढासुब्बा गोल्डकपको दोस्रो सेमीफाइन खेलबाट क्यामरुनी टिम एभिनियर फाईनलमा पुगेको छ ।
आज बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाईनलमा पुगेको हो ।
एभिनियरको जितमा खेलको ४५ औ मिनेटमा डिम्बाले १ गोल गरे भने ८५ औ मिनेटमा उपहार स्वरूप मोरङका सुजन चौधरीले आत्मघाती गोल गरेका थिए ।
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुने भएको छ ।
फाईनल खेल धरान १६ स्थित रंगशालामा फागुन २० गते हुने छ ।