सरला रेग्मी, धरान । धरानमा होलीको उल्लास छाएको छ । धराने बिन्दास होलि खेल्न मनापराउछन् ।धरानको भानुचोकमा साङ्गीतिक कार्यक्रम सहित यसबर्षको होली उल्लास पुर्वक मनाईएको छ ।
अधिकांश धराने युवापुस्ता, बालबालिका र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाएको देखिन्छ । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली अघिल्लो पटक भन्दा धरानमा यसपटके धेरै रसिलो बनेको छ ।
‘यसपटकको होली धेरै रसिलो छ’, धरान–१ठ की मनिकाु लिम्बूले भनिन्, ‘जे होस् बिन्दास अनि रक बन्यो होली।’
भानुचोकमा नियाल्दा युवापुस्ताहरुको जमघट बढी थियो ।
अन्य चोकमा पनि युवापुस्ता रंग बोकेर धेरै हिँडिरहेका थिए । युवापुस्ताका लागि होली रसिलो नै बनेको थियो । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए ।
सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लागे । भानुचोकमा सयौं युवापुस्ता उपस्थित थिए र होलीको रङ्ग दल्दै ओहोरदोहोर गरिरहेका थिए ।
होली पर्व वा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । यसबर्षको होली पहाडमा फागुन २२ गते र तराईमा फागुन २३ गते मनाईयो ।
हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
यसपटकको धरानको होलि तस्बिरमा हेरौं :-