सरला रेग्मी
प्रकाशपुरकी रुपा राजवंशी २९ बर्षकी भईन । विवाह गरेको ९ बर्ष वित्यो, उनका सन्तान छैनन् ।
चार पटक उनले आइफिएफ (टेष्ट ट्युब बेबी) पद्धतिबाट सन्तान बनाउन चाहिन तर हुन सकेको छैन । यी दम्पितीलाई थाहा छ, श्रीमानको जैविक कमजोरिको कारण सन्तान नभएको हो । सत्यता थाहा हँुदा हुँदै पनि उनिहरु यो कुरा परिवारमाझ लुकाउन बाध्य छन् ।
जस्का कारण रुपा हरेक दिन सासू ससुराबाट नराम्रो वचन सुन्न बाध्य भएकी छन् । उनी भन्छिन् ‘घरी घरी त भनिदिउ जस्तो लाग्छ फेरि श्रीमानको माया लाग्छ, उपाचार गराउँदै छौँ’ भन्छीन् “अन्य तरिका अपनाउने भएका छौँ, केही कथम भै गयो सन्तान भने समाजले अर्को लाञ्छना लगाउलाकी जस्तो डरपनी लाग्छ, त्यहीँ भएर श्रीमानको कमजोरी लुकाएका हौ ।’
दमककी अन्जना राना अमेरिका बस्दै आएकी थिइन । विवाह भएको १८ बर्षसम्मपनी सन्तान नभएपछि अमेरका छाडिन । श्रीमान एउटा मात्र छोरा भएकाले पारिवारीक र समाजिक दबाव बढ्यो । अमेरिकामा उपचार महङ्गो हुने भएर यता आएको बताउँछिन् । उनी भन्छिन् ‘समस्या जसको होस तर धेरै पीडा चै हामी महिलालाई मात्र हुने रहेछ, उपाचारमा उस्तै पीडा समाज अनि घरपरिवार मात्र होइन धार्मिक ग्रन्थमा पनि सन्तान नभए स्वर्गको डोका खुल्दैन भनेपछि हामी महिलाले बाचिसक्नु भयो त ?’
कबिताको १७ बर्ष अगाडि विवाह भयो उनको पनि उस्तै सन्तान भएन । श्रीमानले अर्को बिबाह गर्ने भए । अर्को बिवाह गरेको केही बर्षमा कान्छी श्रीमतिबाट छोरीको जन्म भयो । अहिले कबिता वार्डकार्यलयमा सहयोगिको काम गरेर जिबिको पार्जन गरेकी छन् । उनी स्वयंमलाई लाग्छरे मबाट सन्तान भएन श्रीमानले अर्को बिबाह गर्नु भयो । उनी भन्छिन् ‘उहाँ खुशी हुनुहुन्छ भैगयो नि ।’
सिनेमाका कथा जस्तै लाग्ने भोकाई कुनै काल्पनिक पात्रका होइनन् । यी त विवाह गरेको लामो समयसम्म सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतिमा आइपरेका परिस्थितिका कठिन चित्रण हुन् ।
आफ्नै सन्तानबाट छुनुमुनु नाच्दै, तोतेबोली बोलेर आमा बुवा भनेर बोलाएको सुन्ने, बुँइ चढेर खेलेको हेर्ने रहर कुन दम्पतिलाई नहोला र ? दम्पतिमात्रै होइन, सिंगो परिवारलाई नै विवाहपछी छोराबुहारी अनि छोरी ज्वाइको प्रतिनिधि पात्रको रुपमा आगनीमा नाचेको हेर्ने रहर हुन्छ । सन्तान नहुँदाको पीडा, सन्तान प्राप्तिको लागि गरेको सकस, सन्तानको चाहनामा भौँतारिएर थाकेकाहरुले जति पीडा कसले महसुस गर्न सक्ला र ?
परिपक्व र प्रजनन् उमेर भएका दम्पतिबीच समागम हुँदा सन्तान हुने कुरा जैविक विषय हो । त्यहँी सन्तान जन्माउने कुरामा उत्पन्न हुने शारीरिक तथा स्वास्थ्यजन्य समस्याका कारण सिंगो परिवारनै आजीवन तनावको दलदलमा फँसिरहेको हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक रुपमा समेत सन्तानको आवश्यकता ठान्ने नेपाली समाजमा त झनै सुसुप्त रुपमा यो समस्या भयावह रुपमा भुसको आगोझैँ फैलिरहेको छ । हिन्दू परम्परामा मृत्युपछिको काजक्रियाका लागि सन्तान चाहिने मान्यताका कारण पनि निःसन्तान दम्पती तनावमा पर्छन् ।
जसबाट सबै भन्दा बढी पिडित महिला देखिन्छन् । बाँझोपनबाट उनी स्वयंम ग्रशीत हुन्छिन् भने श्रीमानले अर्को बिबाह गर्लान भन्ने पिर एकातिर, अर्कोतिर श्रीमानलाई बाँझोपन छ भने समाजले बिचराधिनमा हेर्ने दृष्टिपनी कम करुणादायी हुदैन ।
चिकित्सा विज्ञानले निःसन्तान समस्यालाई गम्भीर प्रकृतिको स्वास्थ्य समस्या मात्रै होइन, समान्य जैविक सावधानी र चेतनाको उपजसमेत भएको प्रमाणित गरेको छ ।
विवाहित दम्पतीमा निःसन्तानपन बढ्दै देखिएको छ । देशैभरी निःसन्तान दम्पती कति छन् भन्ने तथ्याङ नभएपनी यत्रतत्र खुलेका निःसन्तान उपचार केन्द्र, त्यहाँ आँउने बिरामी संख्याले अनुमान लगाउन सकिन्छ ।
गाँउ, सहरमा यो समस्या भेटिन्छ । २०१९ मा केन्द्रिय तन्थ्याक बिभागले गरेको नेपाल मल्टिपल क्लस्टर सर्भेले पनि बच्चा जन्माउने दर घट्दै गएको देखाएको थियो । शहरी क्षेत्रमा १.९ रहेको र ग्रामिण भेगमा २.४ प्रतिशत महिला प्रजनन दर रहेको छ । हरेक दिन ५ देखि ७ जोडी बाँझोपनको समस्या लिएर निःसन्तान उपचारकेन्द्र आउने गरेको बिराटनगर स्थित बिराट नर्सिङ होमको टेष्ट ट्युब बेबी उपचार केन्द्रको तथ्याकमा हेर्न सकिन्छ । यसरी हेर्दा बाँझोपन बिरामि दम्पति बढ्दै गएको देखिन्छ ।
सिलगुरीको निउ लाइफ आइभिएफ सेन्टरमा पुग्ने १०० दम्पतीमध्ये २० देखि २५ बाँझोपनका कारण उपचार गर्न पुग्ने गरेका छन् ।
निःसन्तानपनकै कारण घर,परिवार तथा समाजबाट विभिन्न किसिमका अपहेलना सहनुपरेको निःसन्तान दम्पती बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार बाँझोपन भनेको प्रजनन स्वास्थ्य प्रणाली सम्बन्धी रोग हो जसमा नियमित यौनसम्पर्क राख्दापनी जोडि गर्भधारण गर्न बिफल हुन्छ ।
महिला वा पुरुषका प्रजनन अङ्गमा आएको खराबीका कारण गर्भधारण नहुनुलाई बाँझोपन वा निःसन्तान भनिन्छ ।
बाँझोपन महिला पुरुष दुबैलाई हुन सक्छ । ३५ बर्षभन्दा कम उमेरका महिलाले १ बर्ष, ३५–४० बर्षका महिलाले ६ महिना र ४० बर्षभन्दा माथिका महिलाले ३ महिना प्रयास गर्दापनी गर्भधारण हुन सकेन भने महिलामा बाँझोपन भएको बुझ्न सकिन्छ । पुरुषमा शुक्रकिट एक एमएलमा विर्य डेढकरोड शुक्रकिट हुनुपर्छ, त्यसमध्धे ४० प्रतिशत सकृय हुनुपर्छ । शुक्रकिटको संख्या कम र गति निकै कम हुँदा र त्यस्तै ओलिगो,एस्थेनो,टेराटो,स्पर्नियालगाएतका समस्याका कारण पुरुषमा पनि बाँझोपन देखिन सक्छ । अमेरिकास्थित ‘द मायो क्लिनिक’ का अनुसार बाँझोपनका समस्यामध्ये २० प्रतिशत जति पुरुषका कारणले हुने गरेको देखिन्छ ।
सन्तान हुनुमा र नहुनुमा महिला या पुरुष उत्तिकै जिम्मेबार हुने स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेरणा दाहाल बताउँछिन् ।
मातृत्वको सम्पुर्ण जिम्मेवारी महिलाकै भएको कारण पनि महिलाले शारिरिक तथा मानसिक समस्या खेप्नु पर्ने हुन्छ ।
महिलाहरुको मातृत्व प्रतिको अघात चाहाना र प्रेम हुन्छ । कतिपयले त भन्नेपनि गर्छन्, ‘महिला तब मात्र पुर्ण हुन्छे जब उ आमा बन्छे ।’
हाम्रो सामाजिक बाध्यताले घर व्यवहार महिलाले हेर्ने, आर्थिक उपार्जनका लागि पुरुष सकृय हुने हुँदा घरपरिवार चलाउने जिम्मेवारी महिलाको हुने गर्छ । यसले गर्दापनि घर परिवार समाज र आफन्तले पनि महिलामा सन्तानको अपेक्षा बढी राख्ने गर्छन् । आफन्तले सन्तानका बारेसोध्दापनी श्रीमानलाई भन्दापनी श्रीमतिलाई बढी सोध्ने गर्छन् । यिनै करणले गर्दापनि उनिहरु आफुलाई सन्तान प्राप्तिको लागि बढी जिम्मेवार ठान्ने गर्छन् । एउटा दम्पतीमा सन्तान नहँुदा सामाजिक, आर्थिक र भावानात्मक रुपमा दुबैलाई पीडा भएपनी सामाजिक र घरपरिवारमा महिला बढी समय बिताउने हुँदा उनले यस्ता लाल्चना खेप्नु परेको मनोविद् तथा अधिवक्ता नानी थापा बताउँछिन् ।
निःसन्तानपन हुनुमा एउटी महिला मात्र जिम्मेवार हुँदीनन् । फेरी सन्तान नजन्माउ भन्ने त कस्लाई पो हुन्छ र ? एउटा सन्तान जन्मिनेमा महिला जति जिम्मेवार हुन्छिन त्यति नै पुरुष जिम्मेवार हुन्छन् । सन्तान नहुनुमा महिला पुरुष दुबै उत्तिकै जिम्मेवार भएपनी महिलाले बाँझोपनका कारण घर परिवार तथा समाजबाट अपहेलित हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या पुरुषमा भएपनी महिलाले नै त्यस्को अपजस खेप्दै आएको अवस्था छ ।
विवाह पछि सन्तान बनाउने चाहाना हुन्छ । प्राकृतिक रुपमा गर्भ रहनमा एक श्रीमानको विर्य र दोर्सो श्रीमाती को पाठेघर स्वस्थ्य हुनुपर्छ । हो गर्भधारण देखि बच्चाको जन्मसम्मको अवधी महिलाको शरिर बढिनै सक्रिय हुन्छ । प्रत्यक्ष असर तथा प्रभाव महिलालाई पर्न जान्छ । पितृसत्तात्मक समाजका कारण निःसन्तान हुनुमा महिला दोषी देखाउने गरिनछ । पुरुषको कारण सन्तान नहँुदा महिलाले दोस्रो बिबाह गरेको सुनेका छैनौँ । तर त्यँही समाजमा महिला सन्तान जन्माउन छैनन् भने पुरुषले दोस्रो बिबाह गरेको प्रसस्त उदाहरण भेटिन्छन् ।
महिलाले नभनेका, भन्न नसकेका र भन्न नचाहेका समस्या यत्रतत्र छ । के एउटा दम्पतिमा यदि पुरुषबाट सन्तान नहुने हो त, महिलाले अर्को बिबाह गर्न समाजले अनुमती दिन्छ ?
केही सामाजिक नियम, रितिरिवाज, ज्ञानको कमि, सम्पतिमा स्वामित्वको कमि र नयाँ प्रबिधिद्वारा सन्तान प्राप्त नगर्नकालागी पारिवारिक दवाब जस्ता परिस्थितिले गर्दा निःसन्तानपन महिलाले बढी हिंसा खेपिरहेको समेत देखिन्छ ।
आर्थिक बर्ष २०७८/०७९ एक हजार ७ सय जनाले घरेलु हिंसाको मुद्दा दर्ता गराएका छन् । यि मध्ये ८ सय ९ जनाले बहुबिबाहको मुद्दा दर्तामा छन् ।
बाँझोपनले उत्पन्न हुने सामाजिक र मानसिक समस्यामा पिरोलिइरहेको छ । समाधानको सरल बाटोको खोजीमा नलागी पीडा पालेर बस्ने वा विष्फोट भएर गलत निर्णय गर्नेहरुको समेत कमी छैन । जसका परिणाम परिवार आज सामाजिक जटिलतामा फस्दँै गएको छ ।