गिरिराज बाँस्कोटा
पाँचथर– मुगु जिल्लामा रहेको रारा तालको बयान धेरैले गर्ने गरेका छन् । यहाँ पुग्नेहरु राराको सौन्दर्यतामा रमाउने गर्छन् । विहान, दिउँसो, साझ राराका अनेकन दृष्यमा रमाउन सकिन्छ ।निलो पानी, फराकिलो तालसँग अनेकन सौन्दर्यता मुस्कुराएको देखिन्छ । रारा तालदेखि केहि माथि रहेको मुर्माटपबाट राराको पुरै चेहेरा देखिन्छ ।
२ हजार ९ सय ९० मीटर उचाईमा रहेको यो गन्तव्य धेरैको रोजाईमा पर्ने गरेको छ । सिजनमा आन्तरीक पर्यटकको भरिभराउ हुने गर्छ । कोहि घोडा चढेर घुम्दै गरेको देख्न पाईन्छ भने कोहि हिड्दै गरेको देखिन्छ । यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ताल लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटरमा फैलिएको तालको गहिराइ १६७ मिटर छ ।
यो तालमा ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । संसारमा यो माछा रारामात्र पाईने तथ्य रहेको छ । ४ हजार मीटर उचाईको मुर्माटप पुगेर पुरा दृष्य हेर्न निक्कै रमाइलो र आनन्दायी हुन्छ । सुर्खेतबाट गाडीमा दुईदिनमा राराताल पुगिन्छ । बाटोबाट आधा घण्टा हिड्दा रारा ताल पुगिन्छ । यहाँ रहेको ताल्चा विमानस्थल भएरपनि यात्रा गर्न सकिन्छ ।