पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको बिरोधमा पाँचथर सदरमुकाम फिदिममा एमालेनिकट युवा संघ नेपालले राँके जुलुस निकालेको छ ।
शुक्रबार साँझ पाँचथर सदरमुकाम फिदिममा युवा संघ नेपालले राँके जुलुस निकालेको हो । फिदिम बजार स्थित मेनरोडको लिम्बुवान गेटमा सूरु भएको जुलुस गणतन्त्र चौकमा आएर सम्पन्न भएको थियो ।
अघिल्लो कार्यकालको संसद्का बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगर्दा निष्क्रिय रहेको विधेयक प्रमाणीकरण भएसँगै विरोध भएको हो ।
राष्ट्रपति पौडेलले राष्ट्रघाती काम गरेकाले बिरोध गर्नु परेको युवासंघ पाँचथरका अध्यक्ष कमल थपलियाले जानकारी दिए ।