तस्विर : लिला बोहोरा/जिवन राई
पाँचथर– टटलापूर घामले तमोर नजिको आसपासमा निक्कै गर्मि थियो । मान्छेहरु रुखको ओझेलमा शितल तापिरहेका थिए ।
यहि बेला मान्छे बगाएको खवर आयो । खवर पाए लगत्तै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्ववारमा खटिए ।
यो सत्य घटना नभई उद्वार अभ्यासको नमुना थियो ।
तीनैवटा सुरक्षा निकायले तमोर नदिममा उद्ववार अभ्यास गरेका छन् । ¥याफ्टिङबाट मान्छे खोज्ने, बगेको मान्छेलाई उद्ववार गर्ने, प्राथमिक उपचार लगायतका अभ्यास गरिएको थियो ।
तेह्थुम र पाँचथर छोएर बग्ने तमोर नदिको किनारामा यो अभ्यास भएको हो । सुरक्षाकर्मीले आफ्नो उद्वारको ज्ञान नमुना अभ्यास मार्फत प्रर्दशन गरिएको थियो ।
हरेक बर्ष तीनै सुरक्षा संम्मिलित अभ्यास गरिने गरेको नेपाली सेना रणशेर गणका कर्णेल दिलिप राउतले बताए । अभ्यासका हुनुका साथै नागरिकलाई जनचेतना जगाउने हेतु रहेको उनको भनाई थियो ।
चर्को घाममा विभिन्न अभ्यासमा सुरक्षा निकाय सहभागि भएका थिए । रेडक्रस लगायतका संस्थाहरुले प्राथमिक उपचारमा खटिएका थिए । भएका स्रोत साधनलाई सदुपोग गरेर उद्वाका लागि अभ्यास गरिएको शसस्त्र प्रहरीका डिएसपि अईन्द्र नेम्बाङको भनाई रहेको छ ।
सुरक्षा निकायसँग विपद्मा उद्ववार, राहतमा खटिन पर्याप्त श्रोत साधनको अभाव रहेको बताईन्छ । विपद्मा खटिनका लागि तयारी अवस्थामा रहेको नेपाल प्रहरीका डिएसपि हरि खतिवाडले बताए ।
जिल्लामा आगलागी विपद्को धेरै हुने घटनामा पर्छ । बर्खा लाग्न आटेको बेला बाढि, पहिरोको उद्वरको अभ्यास गरिएको हो । विगतमा पहिरोका कारण जिल्लामा ठुलो धनजनको क्षती भएको छ । पहिरोका जोखिमका ठाँउहरु धेरै रहेका छन् । विपद्को सामना गर्न पूर्व तयारी भईरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेघराज मगरातीको भनाई रहेको छ ।
विपद्को समाना गर्न स्थानीय तहमा दरविलो संयन्त्र बनाएर अघि बढ्नु पर्ने बताईन्छ । स्रोत साधान, तालिम सहित स्थानिय तहमा तयारी गर्नुु पर्ने आवश्यकता औल्याउने गरिन्छ ।
विपद्का घटना नदिनकालागि सकेसम्म प्रयास गरेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताए । उद्वारका लागि आवश्यक सामाग्रि जुटाउने, तालिम दिने लगायतका काम भईरहेको उनले बताए ।