इलाम । ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा तीन जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का २७ वर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका १ का २५ वर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका ४ का २७ वर्षीय निशान गुरुङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १९ ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित बरामद गरेको हो ।
झापाबाट मोटरसाइकलमा इलामतर्फ आउँदै गरेका उनीहरुलाई इलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट नाइट्रेजेपाम १० ट्याब्लेट, नेभिकेट सिग्रेट ६ बट्टा, ६ थानसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोष राईले जानकारी दिएका छन् ।