पाँचथर । राष्ट्रिय जनगणना २०७८ प्रतिबेदन अनुसार पाँचथरमा याक्थुङ/लिम्बु मातृभाषा बोल्नेहरुको संख्या धेरै देखिएको छ । जिल्लाको कुल १ लाख ७२ हजार ४ सय जनसंख्यामा ७२ हजार ८ सय ७१ जनाले याक्थुङ/लिम्बू भाषा बोल्ने राष्ट्रिय तथ्याङ बिभागको तथ्याङमा देखिएको छ । जिल्लामा सबै भन्दा कम १० जनाले सिंग भाषा बोल्ने प्रतिबेदनमा उल्लेख छ ।
जिल्लामा राई भाष बोल्ने जनसंख्या ४ हजार ९ सय ३३ जना देखिएको छ । तर, यस अघि राईनै मानिदै आएका कुलुङ,याख्खा,नाछिरिङ,चाम्लीङ,बान्तवा, थुलुङ,बाहिङ,साम्पाङ, दुमि,वालीङ र खालिङ लाई छुट्टै भाषामा सुचिकृत गरिएको छ । जिल्लामा बान्तवा भाषा बोल्नेको संख्या राईको भन्दा धेरै छ । १२ हजार ४ जनाले बान्तवा भाषा बोल्ने जनाइएको छ । चाम्लीङ भाषा ३ हजार २ सय १६ जनाले बोल्ने प्रतिबेदनमा उल्लेख छ । जिल्लामा कुलुङ भाषा ९१ जना, याख्खा ४१८ जना, नाछिरिङ ३०१ जना, थुलुङ ७९८ जना, बाहिङ २४९ जना, साम्पाङ १ हजार १ सय ९५ जना , खालिङ ५३८ जना, दुमि १८२ जना र वालीङ भाषा ११ जनाले बोल्ने राष्ट्रिय तथ्याङ बिभागको प्रतिबेदनमा देखिएको छ ।
यस्तै , जिल्लामा तामाङ भाषा बोल्नेको संख्या ११ हजार ७ सय ५९ जना रहेको छ । यस्तै मगर भाषा बोल्नेको संख्या ५ हजार ८ सय ८१ रहेको छ । जिल्लामा गुरुङ भाषा बोल्नेको संख्या २ हजार ७ रहँदा नेपाल भाषा बोल्नेको संख्या १ हजार २ सय ३६ रहेको जनाइएको छ । जिल्लामा शेर्पा भाषा बोल्नेको संख्या ६ सय ८१ रहदा सुनुवार भाषा बोल्नेको संख्या १ हजार ७ सय ३१ जना रहेको प्रतिबेदनमा उल्लेख छ । जिल्लामा ३ सय ३२ जनाले संस्कृत भाषा बोल्दा ७७ जनाले हिन्दी बोल्ने पाइएको छ । यस्तै, मैथली भाषा ३५४ जना, थारु १६७ जना,डोटेली २१ जना, अवधी १७ जना राजबशी ६८ जना, लेप्चा २० जना, कायो १४ जना, लोहरुङ ११ जना, बोटे ११ जना, भुजेल १२२ जना, बंगाल भाषा २० जनाले बोल्न प्रतिबेदनमा उल्लेख छ । बाँकी अरुले अन्य भाषा बोल्ने जनाइएको छ ।
राष्ट्रिय तथ्याङक कार्यालयमा जातजाति,भाषा र धर्म सम्बन्धि ७० वटा ध्यानाकर्षण पत्र दर्ता भएको र यसै सन्र्दभमा सरोकारवालाहरु र विज्ञहरुको सुझाब लिइ तथ्याङक सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङक विभागले जनाएको छ ।
२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाती र भाषका अतिरिक्त २०७८ मा थप भएका नयाँ जातजाति र भाषाहरु पनि विज्ञहरुबाट प्राप्त कागजाजहरु अध्ययन गरि थप गरिएको विभागले जनाएको छ ।
पाँचथर सबै भन्दा धेरै बाेलिने मातृभाषाहरु
पाँचथरमा बाेलिने मातृभाषालाई स्तम्भ चित्रमा हेर्दा
पाँचथरमा बाेलिने मातृभाषालाई बृत चित्रमा हेर्दा