झापा । झापा अर्जुनधारा नगरपालिकाका प्रधान दम्पत्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूकाे एक महिनाभित्रमा काेराेना संक्रमणकै कारण मृत्यु भएकाे हाे ।
२९ दिनअघि अर्जुनधारा ५ का ६१ वर्षीय बाबुल प्रधानको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसैबीच, उनकी ५५ वर्षीया श्रीमती कविताको पनि उपचारका क्रममा हिजो बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणकै कारण निधन भएको हो ।
२९ दिनअघि श्रीमानको धरानमा उपचारका क्रममा निधन भएको थियो । अर्जुनधारा स्वास्थ्य शाखाका अनुसार उनीहरुको स्थायी ठेगाना अर्जुनधारा ५ रहे पनि बिर्तामोड ५ मा बस्दै आएका थिए ।