इलाम । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् । इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४-५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् ।
उनीसहित ३ जना सवार गाडी बिर्तामोडतर्फ आउने क्रममा रहेको थियो । उनीहरूले बाटो छेकेपछि आफू त्यहाँबाट फर्किएर इलाम बजार आएको रानाले जानकारी दिए । रानालाई यस अघि पनि एउटा समुहलने आक्रमण गरेको थियो । उनी चढेको सरकारी गाडीमा ढुङ्गा मुडा प्रहार भएको थियो । पहिचानवादीले उनलाई यो दोस्रो पटक आक्रमण गरेका हुन् ।
पछिल्ला दिनमा पहिचानवादीले एमाले मन्त्री/सांसद र नेतालाई आक्रमणको तारो बनाउँदै आएका छन् ।