पाँचथर । पाँचथरमा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय पाँचथ जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । पाँचथरमा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निणर्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्ती अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो। कोशी प्रदेश यातायात व्यवस्था समिति विराटनगको परिपत्र अनुसार सो व्यवस्था गरिएको हो । जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरुपता बनाउन जिल्ला प्रशासन कार्यालय पाँचथरमा उक्त परिपत्र आएको थियो ।
शुक्रबार बसेको बैठकले फिदिम- बिर्तामोडको भाडा आन्तरीक मामिला तथा कानुन मन्त्रालयले २०८० जेठ २३ गते जारी गरेको सूचना अनुसार हुने छ भनेको छ । मन्त्रालयको सूचना अनुसार अब बिर्तामोड फिदिमको भाडा ८७० रुपौँया हुने छ । बैठकले तमोर करीडोर अन्तरर्गतको फिदिम देखि धनकुटाको मुलघाट सम्म अस्थाइ बाटो कायम गरी भाडादर कायम गरेको छ । अब फिदिम-मुलघाटको भाडा ८०० रुपौँया कायम गरी कोशी प्रदेश यातायात व्यवस्था समिती विराटनगलाई सिफारीस गर्ने निणर्य गरेको छ ।
बैठकले जिल्लको फिदिम -नागीन लाई २२० रुपौया, फिदिम -आकाशे २५०, फिदिम-सिदिन २६०, फिदिम-सिदिन बरभञ्जाङ ३३८,फिदिम-सिदिन छिरुवा४००,फिदिम- प्राङबुङ ५००,फिदिम-मच्छेबुङ ४५५,फिदिम-फालेलुङ गा.प ५५०,फिदिम-मेमेङ ६६०,फिदिम -एकतिन ४७०,फिदिम-खुँगा ४४०,फिदिम -ताङलेपा ४४०,फिदिम-मालेबुङ ५५०,फिदिम- नाम्लुवा भञ्जाङ ६६०, फिदिम चिम्खुवा भञ्जाङ ५००,फिदिम माने भञ्जाङ ८१९,फिदिम- याङनाम ३००,फिदिम-सुभाङ ३५०,फिदिम-थर्पु ३५०,फिदिम -ओयाम ५४०,फिदिम- फलौचा ६००,फिदिम- च्याङथापु ७५०,फिदिम-बेतेनी ९००, फिदिम-हिलिहाङ ३५० रुपौँया निर्धारण गरेको छ ।
यस्तै, पाँचरको दक्षिणी क्षेत्रमा पर्ने फिदिम-पञ्चमी ४००,फिदिम -सप्तमी ६००,फिदिम -रबि ७५०,फिदिम-दशमि ६५०,फिदिम -आरुबोटे ७५०,फिदिम-मौवा ७५०,फिदिम-रानिगाउँ २००,फिदिम-यासोक ३००,फिदिम-मेलबोटे ३२०,फिदिम-पिपलबोटे ३५०,फिदिम-भुल्के ३५०,फिदिम- नवमीडाँडा ३५० निर्धारण भएको छ ।
यस्तै, फिदिम बजारबाट नगरपालिका क्षेत्र भित्रका फिदिम-तमाखे ३५०,फिदिम -रानीटार २५०,फिदिम- लुङरुपा( जल्पा) ४५०,फिदिम-माझिटार १५०,फिदिम-लुम्फाबुङ २२० रुर्पौया भाडादर कायम भएको छ ।