पाँचथर । टटलापूर घामले तमोर नजिको आसपासमा निक्कै गर्मि थियो । मान्छेहरु रुखको ओझेलमा शितल तापिरहेका थिए ।
यहि बेला मान्छे बगाएको खवर आयो । खवर पाए लगत्तै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्वारमा खटिए ।
यो सत्य घटना नभई उद्वार अभ्यासको नमुना थियो ।
तीनैवटा सुरक्षा निकायले तमोर नदिममा उद्वार अभ्यास गरेका छन् । ¥याफ्टिङबाट मान्छे खोज्ने, बगेको मान्छेलाई उद्धार गर्ने, प्राथमिक उपचार लगायतका अभ्यास गरिएको थियो ।
तेह्थुम र पाँचथर छोएर बग्ने तमोर नदिको किनारामा यो अभ्यास भएको हो । सुरक्षाकर्मीले आफ्नो उद्वारको ज्ञान नमुना अभ्यास मार्फत प्रर्दशन गरिएको थियो ।
हरेक बर्ष तीनै सुरक्षा निकायले यस्तो अभ्यास गरिरहेका छन् । चर्को घाममा विभिन्न अभ्यासमा सुरक्षा निकाय सहभागि भएका थिए । रेडक्रस लगायतका संस्थाहरुले प्राथमिक उपचारमा खटिएका थिए । भएका स्रोत साधनलाई सदुपोग गरेर सुरक्षा निकायसँग विपद्मा उद्वार, राहतमा खटिन पर्याप्त श्रोत साधनको अभाव रहेको बताईन्छ ।